जोराको कीर्तिमान ब्याटिङ



नेपाल २१ रनले पराजित
नेपाल समाचारपत्र, काठमाडौं
सन्दीप जोराले कीर्तिमान राखेको खेलमा नेपाल पराजित भएको छ। शीर्ष ब्याटसम्यानको ब्याट नचले पनि युवा खेलाडी सन्दीपले सानदार खेल पस्कँदै अर्धशतक बनाए। उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन्। उनको उमेर १७ वर्ष १ सय ३ दिन हो। तर उनको यो कीर्तिमान इनिङले नेपाललाई संयुक्त अरब इमिरेट्स ९यूएई० विरुद्धको पहिलो टी–२० खेलमा जित दिलाउन भने सकेन।

नेपालले यूएईले छाडेको १ सय ५४ रनको लक्ष्य लिनुअगाडि नै १ सय ३२ रनमा प्याक अप हुनुपरेको थियो। यसले २१ रनले नेपाललाई हार्न बाध्य तुल्यायो। महेन्द्रनगरमा जन्मेका सन्दीपले ४६ बलमा ३ चौका र १ छक्कासहित ५३ रन जोडेका थिए। यसरी यूएई टुरमा अर्धशतक बनाउने कान्छो खेलाडी बन्ने उनी दोस्रो नेपाली खेलाडी हुन्।

यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा यूएईविरुद्ध रोहित कुमार पौडेलले ५५ रन बनाए। उनले शहिद अफ्रिदीको कान्छो उमेरमा अर्धशतक बनाउने कीर्तिमान तोडेका थिए। उनको उमेर १६ वर्ष १ सय ४६ दिनको थियो। उनले पाकिस्तानका पूर्वकप्तान तथा अलराउन्डरलाई ७१ दिनले पछि पारेका हुन्।

पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रनको योगफल बनायो। जुन टी–२० क्रिकेटमा यस्ता योगफल सुरक्षित हुने गर्छ। नेपाली बलरमा सन्दीप लामिछाने र वसन्त रेग्मीले २÷२ विकेट लिएर किफायती बलिङ गरे। तर अन्य खेलाडी भने खासै चल्न सकेनन्। जवाफमा नेपाली ब्याटिङले पहिले १० ओभरमै हार स्वीकार गरिसकेका थिए। यद्यपि सन्दीपले जित्ने आस दिलाए पनि लक्ष्य कठिन भएको हुँदा नेपालले जित हात पार्न सकेन। ओपनर प्रदीप ऐरी शून्यमै पवेलियन फर्कंदा अर्का ओपनर पारस खड्काले २५ रनको योगदान दिए। ज्ञानेन्द्र मल्ल ७ रनमै सुल्तान अहमदको शिकार बने भने दीपेन्द्र सिंह ऐरी लगातार ४ खेलमा निरासजनक ब्याटिङमै सीमित भएका थिए। एकदिवसीय शृंखलामा नचलेका ऐरीले ४ रन जोडेका थिए।

ऐरी आउट भएपछि क्रिजमा आएका बोराले भने यूएईका बलरलाई काउन्टर एट्याक गरे। उनले लगातार रन बनाइराख्दा अर्को इन्डबाट विकेट पतन भइर≈यो। जसमा करण केसी र रोहित ४÷४ रनमा आउट भएका थिए। त्यसो त सोमपाल कामीसँग जोराले ३९ रनको साझेदारी गरे। तर त्यो नेपाललाई जित दिलाउन पर्याप्त भने भएन। सोमपालले १ छक्का र १ चौकाको सहयोगमा २७ रन बनाए। उनी अन्तिम ओभरको पहिलो बलमा आउट हुँदा नेपालले जित्न ५ बलमा २६ रन बनाउनुपर्ने कठिन समीकरण बनेको थियो। आज दोस्रो टी–२० खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्