पारा तेक्वान्दो टर्की जाँदै



काठमाडौं, (नेस)
आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दै छ।
पुरुषको पी–३० क्याटगोरीतर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला के–४४ क्याटगोरीतर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेस गर्नेछन्। पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कांस्य विजेता हुन्। टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्। प्रतियोगिता फेब्रुअरी ५ र ६ तारिखमा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्