नेपाली क्रिकेट उत्थानमा राज्यको ध्यानाकर्षण



नेपालले युएईमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला जित्यो । यो नेपालको लागि ऐतिहासिक उपलब्धिसमेत बन्यो । यो उपलब्धिले नेपाल र नेपालीको शिर विश्वसामु उचो बनाएको छ । त्यसैले धेरैतिरबाट स्वाभाविकरूपमा बधाई ओइरियो । शायद नेपाल सरकार र अन्य व्यवसायी कम्पनीबाट पुरस्कार दिने पनि निर्णय होला । हुन त नेपालमा क्रिकेट खेल्ने वातावरण नै छैन । ५० ओभरको खेल नेपालमा हुन सकिरहेको छैन । एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिगजस्ता क्रिकेट प्रतियोगिता भइरहेको यस अवस्थामा पनि नेपालले युएईमा देखाएको प्रदर्शनमा सलाम गर्नै पर्छ । ५० ओभरको खेलमा धैर्य र शारीरिकरूपमा फिट हुनुपर्छ । फेरि दुबईको त्यो तापक्रमले समेत नेपाली खेलाडीलाई खेल्न बाधा तुल्याउँछ । यस्तो वातावरणमा पनि त्यहीँको टोलीलाई हराउनु चानचुने कार्य होइन । त्यसैले राज्य र सम्बन्धित निकायले बधाई दिएर मात्रै हुँदैन, नेपाली खेलाडीलाई पूरै क्रिकेट खेल्ने वातावरण सिर्जना गर्न अत्यावश्यक छ ।

एक त नेपाल क्रिकेट संघ ९क्यान० २०७३ वैशाखदेखि निष्क्रिय छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले क्यानलाई प्रतिबन्ध लगाएको अवस्था छ । फेरि खेलाडीका अनुसार विगत दुई वर्षदेखि उनीहरूले तलब पनि पाइरहेका छैनन् । तलब दिने भन्ने घोषणाचाहिँ भयो तर कार्यान्वयन भएको छैन । यस्तो अवस्थामा खेलाडीले कति नै मेहनत गर्न सक्छन् र रु यस्तै हो भने खेलाडीको धैर्य टुट्छ अनि नेपाली क्रिकेटको अवस्था के होला रु सोचनीय छ । क्रिकेट खेल्ने वातावरण नेपालमा शून्य छ भने पनि हुन्छ । प्रतियोगिता भइरहँदैन, आवश्यक पूर्वाधार पनि छैन, राज्यले यसप्रति कुनै चासो देखाएझैँ लाग्दैन । राज्य क्रिकेटमा मात्रै होइन कुनै पनि खेलमा गम्भीर भएको देखिँदैन । नतिजा आउँछ, राज्य त्यसमा खुशी हुन्छ तर त्यसपछि कुरै हराउँछ ।

नेपाली क्रिकेटलाई अझ उत्थान गर्न कमसेकम यहाँ अन्तर्राष्ट्रिय स्तरका दुई–चारवटा रंगशालाको आवश्यक भइसकेको छ । यहाँ ५० ओभरको प्रतियोगिता गराएर प्रतिभावान् खेलाडी उत्पादन गर्नसमेत आवश्यक छ । यदि यस्तो नभएमा अहिलेको जस्तो सफल टोलीमा खेल्ने खेलाडीको कमी हुनेछ । यता खेलाडी उत्पादन गर्नका लागि क्यान निष्क्रिय छ । जे गर्न पनि अहिले आईसीसीकै मुख ताक्नुपर्ने स्थिति छ । यस्तो हिसाबले नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखिँदैन । खेलाडी र समर्थकहरूको माग पनि क्रिकेट संघमा लागेको प्रतिबन्ध हटाउनुपर्ने भन्ने रहेको छ । यदि अब यी कुरामा ध्यान पु¥याइएन भने नेपाली क्रिकेटले पाएको सफलता दिगो रहनेछैन । नेपाली क्रिकेटलाई अझ माथि पु¥याउन राज्य गम्भीर बन्नै पर्छ । राष्ट्रिय खेलकुद परिषद्सहित सम्बन्धित निकायहरू पनि गम्भीर र सक्रिय हुनै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्