यूएईसँगको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल हार्यो



नेपाल समाचारपत्र, काठमाडौं ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ । यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । नेपालको लागि सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाए भने अन्य खेलाडीले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओपनर प्रदीप ऐरी भने पहिलो बलमै आउट भए ।

यूएईका लागि शाइमन अनवारले उत्कृष्ट ब्याटिङ गरे । ३८ बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मलतमा ५९ रन बनाए । मोहम्मद उस्मान ३० र सीपी रिजवान २२ रनमा आउट भएका थिए भने मोहम्मद बुटाले २० रन जोड्दै आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई–दुई विकेट लिएका छन् । त्यस्तै सोमपाल कामी र अभिनाश बोहोराले एक–एक विकेट लिए । करण केसी चार ओभर बलिङ गरेका करण केसीले भने ४३ रन खर्चिएका थिए ।

प्रतिक्रिया दिनुहोस्