न्वारनमा नयाँ मन्त्र



‘जुन गोरुको सिङ छैन उसको नाम तिखे’ यो उखान नेपाली जनजिब्रोमा अहिले होइन पुस्तौंअघिदेखि झुन्ड्या झुन्डियै छ। तर नाम अनसारका मान्छे पाउन निकै मुश्किल छ। शेर नाम ग¥याहरु बिरालो जति पनि म्याऊ गर्दैनन्, ‘धन बहादुर’हरु सँधै मनका मात्रै धनी, धनका बाह्रमासे गरिब भेटिन्छन्, लक्ष्मीहरुले लक्ष्मीको आर्र्शीवाद पाउन नसक्या गुनासो मात्रै गर्छन् भन्या।

व्यक्ति चाहे सम्पन्न परिवारको होस या विपन्न परिवारको, नामअनुसारको परिचय दिनेहरु निकै बिरलै भेटिन्छन्। अहिले त्यस्तै भाछ, लक्की नाम ग¥या एकजना पूरै अनलक्की भाछिन्।

लक्की शेर्पा अस्टे«लियाकी राजदूत हँुदा धेरैले उनलाई जस्तो नाम त्यस्तै काम भन्दै बधाईको खोलो नै बगाए। तर आधा कार्यकाल पनि पुरा नगर्दै पद गुमाएसी उनी फ्याट्ट अनलक्की भाछिन्।

न्वारन गर्ने पुरेतलाई के मतलव, जे नाम ठोक्दे नि भै गो, उनलाई गोजीभर दाम भए भइगो। तर अब भएन पाठकवृन्द। छोरा–छोरी, नाती–नातिनाको न्वारन गर्दा अलि गम्भीर भएरै सोच्नै पर्ने भो। नयाँ मन्त्र चाहियो। हैन भने फेरि विचार गरौं त, पुष्पकमल नाम ग¥या व्यवहारमा कठोर हुने, बादल नाम ग¥या गर्जिनै नसक्ने, मणि नाम ग¥या पित्तल सो सरह पनि नहुने भएसी नाम बारे गम्भीर हुन निकै ढिला भइसक्यो है !

प्रतिक्रिया दिनुहोस्