शेयर बजारः झिनो अङ्कले घट्यो



Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौँ, धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ४ विन्दुले घटेर एक हजार १६० दशमलव ५९ विन्दुमा कायम भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ विन्दुले बढेर २४६ दशमलव ७५ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६८ कम्पनीको पाँच लाख ७२ हजार ७७५ कित्ता शेयर रु १९ करोड २० लाख ९४ हजार ४९२ मूल्यमा खरीद बिक्री भए । आज कारोवार भएका कूल ११ उपसमूहमध्ये पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ ।

बैंकिङ १ दशमलव ५५, व्यापार १ दशमलव ९, होटल ५ दशमलव ६९, अन्य १ दशमलव ३३, लघुवित्त ५ दशमलव ३१ विन्दुले बढेको छ । यस्तै विकास बैंक ७ दशमलव ०७, जलविद्युत् ६ दशमलव ५, वित्त ५ दशमलव ३४, निर्जीवन बीमा ८ दशमलव ४५, उत्पादन ६३ दशमलव ८२ र जीवन बीमा ५ दशमलव ३९ विन्दुले घटेको छ ।

झिनो अङ्कले घटेको बजारमा उन्नती माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज सात प्रतिशतको दरले कमाएका छन् । यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले छ प्रतिशतले कमाउँदा साल्ट टे«डिङ, सगरमाथा इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्सका शेयरधनीले तीन प्रतिशत बढीले कमाएका छन् ।

यस्तै सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले सात प्रतिशत, युनिलिभर नेपाल पाँच प्रतिशत, तिनाहँु डेभलपमेन्ट बैंकका शेयरधनीले चार प्रतिशतका दरले गुमाएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्