बाँसबारीलाई स्पार्क अस्पतालको साथ



काठमाडौं, (नेस)
‘बी’ डिभिजन लिग खेल्ने तयारीमा रहेको बाँसबारी युवा क्लबले मुख्य प्रायोजकको रूपमा स्पार्क हेल्थ होम अस्पतालको साथ पाएको छ।

बाँसबारीले मंगलबार स्पार्क हेल्थ होम अस्पतालसँग एक वर्षका लागि मुख्य प्रायोजनमा सम्झौतामा हस्ताक्षर गरेको हो। सम्झौतामा बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र स्पार्क अस्पतालका निर्देशक रूपेश अधिकारीले हस्ताक्षर गर्दै सम्झौतापत्र आदान–प्रदान गरेका थिए। सम्झौतापछि स्पार्क अस्पतालले बाँसबारी क्लबलाई नगद र खेल सामग्रीमा गरी कुल ८ लाख उपलब्ध गराउनेछ। यस्तै खेलाडीको उपचारमा पनि सहुलियत हुनेछ।

क्लबका अध्यक्ष प्रेम थापाले स्पार्कसँगको सम्झौतापछि क्लबलाई लिग खेल्न राहत मिल्ने बताए। यस्तै स्पार्कका निर्देशक रूपेश अधिकारीले इतिहास बोकेको बाँसबारी क्लबसँग जोडिन पाउनु गर्वको कुरा भएको बताए।

प्रतिक्रिया दिनुहोस्