एपीएफ शीर्ष स्थानमै



काठमाडौं, (नेस)
नेपाल एपीएफ क्लबले जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शीर्ष स्थान यथावत राखेको छ।

मंगलबार पहिलो चरणको अन्तिम खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई ३–० को सोझो सेटमा पराजित गरेपछि एपीएफको शीर्ष स्थान कायमै र≈यो। टोलीले सो खेल २५–१७, २५–१८ र २५–२१ ले जितेको थियो। एक खेल बढी खेलेको पुलिससँग अंकबराबरी रहे पनि हेड टु हेडमा एपीएफले शीर्ष स्थान लिएको हो। अपराजित रहेको एपीएफको ८ खेलबाट २४ अंक पुगेको छ। एपीएफसँग पराजित पुलिसको ९ खेलबाट २४ अंक रहेको छ।

मंगलबारै पुलिसले चितवन टाइगर्समाथि २५–६, २५–२१ र २५–१३ को जित निकाल्यो। अर्को खेलमा आर्मीले सामाखुशी इंग्लिल बोर्डिङ स्कुल ९सेव० माथि २५–,२२, २५–२१ र २५–१० को सहज जित निकाल्यो। अर्को खेलमा पश्चिमालले श्रीगाँउ खेलकुद विकास समिति दाङमाथि ३–० को सहज जित निकाल्यो। पश्चिमाञ्चलले श्रीगाँउमाथि २५–१३, २५–१४ र २५–९ को सहज जित आत्मसात ग¥यो। वर्षाका कारण मंगलबारका लागि तय भएको एपीएफ र चितवन टाइगर्सबीचको अन्तिम खेल हुन सकेन।

दोस्रो चरण हुरु हुँदा एपीएफ २४ अंकसहति शीर्ष स्थानमा, पुलिस २४ अंकसहति दोस्रो तथा आर्मी २१ अंकसहित तेस्रो स्थानमा छ। १६ अंक जोडेर पश्चिमाञ्चल चौथो, ११ अंकसहित सेव पाँचांै, १० अंकसहति श्रीगाँउ छैटांै र ८ अंक जोडेर चितवन सातौं स्थानमा रहेको छ। यी टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ।

प्रतिक्रिया दिनुहोस्