२ थान पेस्तोल सहित पटेल समातिए



रौतहट, । सशस्त्र प्रहरी बलको लीले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान प्रदेश २ को सशस्त्र प्रहरी बल मुख्यालय महोत्तरी खटिएको टोलीले ईशनाथ नगरपालिका– १ लालबकैया नदी किनार आधुनिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको हो।

रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने नकुल पटेलको साथबाट इटालियन पेस्तोल एक थान, त्यसमसा लाग्ने गोली एक थान र नल कटुवा पेस्तोल एक थान, गोली ५ वटा र मोबाइल एक थान झोलामा राखेर लैजाँदै गरेको अवस्थामा बराद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्