भूकम्पका ३२ महिना ३१ प्रतिशत मात्रै आवास निर्माण



मोतीराम तिमल्सिना, काभ्रे
भूकम्प गएको झन्डै तीन वर्ष पुग्न लाग्दा जिल्लामा ३१ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको छ। पुनर्निर्माण सम्पन्न भएका २५ हजार ३ सय ९२ ले मात्रै तेस्रो किस्ता लिएका छन्।

४६ हजार १ सय ७१ जनाले दोस्रो किस्ता लिएका छन्। ५६ प्रतिशत व्यक्तिले दोस्रो किस्ता लिए पनि तेस्रो किस्ता लिन आलटाल गरिरहेका छन्। दोस्रो किस्ता लिन घरको जग मात्रै राख्ने क्रम अझै जारी छ। ७२ हजार १७ जनाले पहिलो किस्ता प्राप्त गरेका थिए। ८२ हजार ८ सय ३३ लाभग्राहीमध्ये ७२ हजार १७ जना पहिलो किस्ताका लागि योग्य देखिएका थिए। भूकम्पमा पुनर्निर्माणका लागि ९८ हजार १९ जनाको सर्भे गरिएको थियो। लाभग्राहीमा नपरेका २५ हजार ३ सय ४० व्यक्तिले गुनासो भरेका थिए। गुनासो भरेकामध्ये १९ हजार ६ सय ३१ पहिलो चरणमा गुनासो व्यवस्थापन गरिएको थियो।

गुनासो भरिएकामध्ये ४ हजार ४ सय ८० लाभग्राहीमा थपिएका थिए। गुनासोमा भरेका फाराममध्ये पुनः सर्वेक्षण गर्नुपर्ने ५ हजार ५ सय ९३ रहेका थिए। लाभग्राहीमा नपर्ने देखिएको ७ हजार ५ सय ५९, स्थलगत निरिक्षणका लागि छानिएका १ हजार ९ सय ९९ रहेका छन्। दोस्रो चरणमा पुनःजा“च तथा सर्वेक्षण १८ हजार ४ सय ७४ जनाको सम्पन्न गरेको छ। पुनर्निर्माण लाभग्राही ५ हजार ६९, प्रवलीकरण लाभग्राही ३ हजार १ सय २ गरी ८ हजार १ सय ७१ जनाको गुनासो सम्बोधन गरिएको छ। अन्य स्थानमा घर भएको ८ सय ९३ जनालाई लाभग्राही सूचीबाट हटाइएको छ। गैरलाभग्राहीका रूपमा ५ हजार ४ सय ७४ जना परेका छन्। ३ हजार ९ सय ३६ जना गुनासो सम्बोधन हुन बा“की रहेको छ।

भूकम्पको लाभग्राहीमा नपरेका पीडितले पुनरावेदन गर्न पाउने गुनासोकर्ता ५ हजार ४ सय ७४ जना रहेका थिए। ९ सय ५१ जनाले मात्रै पुनरावेदनका लागि आवेदन दिएका छन्। तीमध्ये ८ सय १५ जना व्यक्तिको पुनरावेदनका लागि पठाइएको छ। ७७ वटा फाइल फिर्ता भएको छ। ६२ वटा फाइल पुनःरुजु गरेर पठाउन तयार गरिएको छ।

भूकम्पबाट क्षति भएका जिल्लाका तीन वटा सडकको पुनर्निर्माण शुरू गरिएको छ। खोपासी–ढुंखर्क–च्याम्रिङबेशी–मिल्चे–बोरंगको १४ किमि सडक निर्माण कार्य शुरू भए पनि सम्पन्न भएको छैन। गएको वर्षाबाट ३० स्थानमा गएको पहिरोसमेत हटाइएको छैन। २१ करोड ५६ लाख ४६ हजार रुपिया“को उक्त सडक निर्माण सम्पन्न भइसक्नुपर्ने समयावधि नजिकि“दै छ। मण्डन नगरपालिकाका दुई सडक पनि निर्माणको चरणमा छन्। भूकम्प गएको तीन वर्षपछि जग्गाविहीन सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्न ६१ सुकुम्बासीले आवेदन दर्ता गरेका छन्। दर्ता भएकामध्ये १२ जनाले जग्गा खरिदका लागि २ लाख रुपिया“ प्राप्त गरिसकेका छन्। ८ सय ९३ जनाको अन्यत्र घर भएकाले लाभग्राही नहुने भन्दै सूचीबाट हटाइएको छ।

सरकारले भूकम्पबाट पूर्णरूपमा क्षति भएका घर परिवारको बासस्थानको जग्गा खरिदका लागि २ लाख रुपिया“ र पुनर्निर्माणका लागि ३ लाख रुपिया“ उपलब्ध गराउने निर्णय गरेको थियो। सबै स्थानीय तहमा भएका सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरी आवास निर्माण गर्न रकम उपलब्ध हुने भएकाले पत्राचार गरिएको छ। केही स्थानीय तहमा रहेका सुकुम्बासीले अझै कागजात लिएर नआएको जिल्ला पुनर्निर्माण कार्यान्वयन एकाइले जानकारी दिएको छ। जिल्लामा थुप्रै सुकुम्बासी भए पनि सरकारले उपलब्ध गराउने २ लाख अनुदान रकमका लागि पर्याप्त आवेदन परेको छैन।

लाभग्राहीमा परेका केही व्यक्तिहरूले घर नबनाएपछि रकम फिर्ता गर्न जारी गरेको सूचनाअनुसार ३२ जनाले रकम फिर्ता गरेका छन्। लाभग्राहीमा नपरेका केहीको उजुरी छ। पहिलो किस्ता लिनेले आवास निर्माण नगरेपछि रकम फिर्तामा कडाई भएको हो।

 

प्रतिक्रिया दिनुहोस्