अल्लारेको घरजम ! हरे शिव…!



काठमाडौंको न्युरोड र वसन्तपुर आसपासमा हरेक दिन अनेक उमेरसमूहको ताँती नै लाग्छ। अहिले जाडो समय भएर मात्रै हो, गर्मी भा भए लुगाफाटोले स्वदेशी÷विदेशी छुट्याउनै गाह्रो। तर जाडो होस् या गर्मी, यहाँ विन्दास जमात भने कहिल्यै टुट्दैन।

सोमबार साँझ केही फरक ३ केटी भेटिए, मुस्किलले उमेरमा १८/२० टेकेका। उनका गफ थिए घरजमका। ‘यार मलाई बल्ल ब्वाइफ्रेन्डले घरमा भिœयायो, बाउ त ठीकै रैछ, आमाचाहिँ निकै दुस्ट रैछे’ –तीनमध्ये एकले आफ्नो उपलब्धि निर्धक्क सुनाइ। अनि फेरि उसले थपी– ‘अब उता घरमा चाहिँ कैले थाहा दिनु, टेन्सन छ।’

अर्कीले ठूलै स्वरमा थपी– ‘तलाई त कम्तीमा घरमा त भिœयायो, मेरो त के हो, के होरु गर्न बाँकीचाहिँ केही छैन, कहिले भिœयाउने हो, भिœयाउँछु मात्रै भन्छ।’ उनका हुलिया हेर्दा त्यस्तो तर्क पत्याउनै गाह्रो। त्यस्तो सुनेसी सँगसँगै बाटो काट्दै गरेकी एक अधवैंसे आफ्नी दौतरीतर्फ फर्किएर जिब्रो टोक्दै भन्दै थिइन्– ‘हैन, कस्ता छिल्लिया केटी होलान्, अनि इनरका बाउआमा कस्ता, छोरी के गर्दै छे, संगत कोसँग छ भन्ने ख्यालै छैन कि क्या हो।’

उनको तर्कसँग सहमत उनकी संगी भन्दै थिइन्– ‘हो, के गर्नु, इनरको ब्वाइफ्रेन्ड भनाउँदो पनि यस्तै अल्लारे त होला नि, अब यस्ताको घरबार कस्तो होला, हरे शिव।।।⁄’

प्रतिक्रिया दिनुहोस्