ग्रिनल्यान्ड र एन्जल्स हर्टलाई ईबीए कप



नेपाल समाचारपत्र, काठमाडौं
ग्रिनल्यान्ड र एन्जल्स हर्टले प्रथम ईबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन्। ग्रिनल्यान्ड सिनियर गल्र्स तथा एन्जल्स हर्ट जुनियर ब्वाइजमा च्याम्पियन बने।

धापासीस्थित आयोजक इडेन ब्रिज एकेडेमी ९ईबीए० को कोर्टमा भएको गल्र्सको थ्री बाइ थ्री फाइनलमा ग्रिनल्यान्डले टीआईएलाई ७–३ ले पराजित ग¥यो। ग्रिनल्यान्डकी शितोष्णा केसीले ४ तथा सुजाता जागरीले ३ अंक जोडे।

ब्वाइजको उपाधि भीडन्तमा एन्जल्स हर्टले बीएनएलाई ४३–३२ ले हरायो। एन्जल्स हर्टका शेखर मगरले १८ स्कोर गरे। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय शेखर मगर तथा शितोष्णा केसी आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल’ घोषित भए। ब्वाइजमा बीएनएका सन्देश खड्का तथा गल्र्समा टीआईएकी रिन्छेन मोक्तान सर्वाधिक स्कोरकर्ता बने।

प्रतियोगिताभर सन्देशले ६२ तथा रिन्छेनले २७ स्कोर गरे। ब्वाइजमा सुनिल मल्ल तथा गल्र्समा इशा मगर उदीयमान खेलाडी चुनिए। दुवै आयोजक ईबीएका हुन्। ब्वाइजमा नेपाल मोडेल तथा गल्र्समा पारामाउन्ट एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे।
विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, आयोजक ईबीएका प्रिन्सिपल प्रेमकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। माघ ८ गतेदेखि शुरू प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा १६ टिम सहभागी थिए।

 

प्रतिक्रिया दिनुहोस्