मस्कोमा नेपाललाई स्वर्ण



काठमाडौं, (नेस)
तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका खेलाडीले पदक जित्न सफल भएका छन्। हाप्किडो डेभलपमेन्ट सेन्टरद्वारा आयोजित च्याम्पियनसिपमा सोमबार नेपालले समान एक स्वर्ण, रजत र कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिए।
पुरुषतर्पm नेपालका दीपक छन्त्यालले ७८ केजी तौल समूहमा स्वर्ण जित्न सफल भए। पुरुषकै ६६ केजीमुनि विक्रम स्वर्णकार फाइनलमा स्तब्ध भएपछि रजत पदकमै सीमित हुन पुगे। महिलातर्पm वसन्ती बुढामगरले कांस्य पदक जितिन्। च्याम्पियनसिपमा भएको डेमोन्स्ट्रेसनतर्पm भने नेपाली टिम दोस्रो भयो।

प्रतिक्रिया दिनुहोस्