हिमरश्मीलाई उपाधि



काठमाडौं, (नेस)
चौथो ओप्स खेलकुद महोत्सवअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि हिमरश्मीले जितेको छ। सोमबार भएको फाइनल खेल निर्धारित समयमा गोलरहित भएपछि टाइब्रेकरमा हिमरश्मीले सिर्जना ज्ञानसागरलाई ३–२ गोलले पराजित गर्दै लगातर दोस्रोपटक च्याम्पियन बन्यो। फाइनल खेलका म्यान अफ द म्याचसमेत चुनिएका हिमरश्मीका गोलकिपर ईश्वर गुरुङ उत्कृष्ट खेलाडी चुनिए। हिमरश्मीकै आशिष गुरुङ बेस्ट मिडफिल्डर भए। त्यस्तै सिर्जना ज्ञानसागरका नवीन गुरुङ हाइस्कोरर, रोशन घले बेस्ट डिफेन्स र सुदीप भट्टराईले बेस्ट किपरको उपाधि जिते। प्रगतिका अर्जुन राई बेस्ट स्ट्राइकर भए। महोत्सवअन्तर्गत एथ्लेटिक्समा पनि हिमरश्मी ७ स्वर्ण १ रजत र २ कांस्यसहित पहिलो भयो।

 

प्रतिक्रिया दिनुहोस्