ज्योती मगरले गीत गाउँदा जनप्रतिनिधीको ताली !



सलिम अन्सारी,प्युठान ।
गाउँको सरकारी स्कुल सरुमारानी –३ चाभाको सरस्वती माबी जिल्लाको शिक्षा क्षेत्रमा कहलिएको नाम हो । ५६ औँ बार्षीक उत्सवको तयारी भव्य थियो । प्रदेश ५ सदस्य हरि प्रसाद रिजाल प्रमुख अतिथी थिए। गाउपालिका अध्यक्ष झग वहादुर बिश्वकर्मा देखि वडा अध्यक्ष भिम बहादुर मर्साङ्गी सम्मका जनप्रतिनिधी समेत अतिथीभएर मंचमा ठाँटिएका थिए ।

गायिका ज्योती मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । ज्योती गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो ।उत्तेजक नृत्यसँगै गीत गाउने ज्योती मगर भनेपछि युवा हुरुक्कै हुन्छन् । भल्गर प्रस्तुति भनेर उनको आलोचना सर्वत्र छ । भलाई भल्गर भन्छन् भनेर उनी आफैं भन्छिन् ।

स्टेज चढेपछि सेक्सका कुरा भन्न नविर्सने ज्योति छोटै पहिरनमा देखिएकी थिईन उनी । शनिवारको साँझ अबेर मात्र स्टेज चढिन।उनले यहाँ पनि उत्ताउलो पहिरन गर्न भ्याईन। पहिरनमा मात्र होइन गितमा पनि उत्ताउला शब्द मिसाईन। अनि पो ज्योति मगर खुब घन्किईन् बिध्यालयमा ।

उनको गीतका शब्द सुन्दा युवाहरुले ठुलै स्वरमा वाहवाही गरे, समर्थन जनाए,तर खचाखच भरिएका अभिभावकहरु नाक खुम्चाउथे। मुख छोप्थे र ज्योतीलाई गित रोक्न आग्रह गर्थे अहं सुन्थेन्न कोहि सुनोस पनि किन कोलाहल थियो ज्योतीको प्रस्तुतीले पुरै माहोल गुजायमान थियो। उनले स्टेजमै ज्याकेट समेत खोलिन।चिसोको कोहि प्रवाह नै थिएन शनिवारको साझ ज्योतीको अश्चिल गित संगै गुंजियो, कार्यक्रम रातको ९ बजे सम्म चल्यो,दर्शक मध्ये धेरै जसो विद्यार्थी नै थिए। अतिथीहरुले पनि आफै ज्योति मगरको लाईनमा उभिएर अश्लिलतालाई बढावा दिए ।

उनिहरुले त्यो अश्लिल प्रस्तुती रोक्न समेत प्रयास गरेन्न। राती अबेर सम्म ज्योतीको त्यो प्रस्तुती चलिरह्यो।शिक्षक र अतिथी दर्शक भएर हेरिरहे। कार्यक्रममा ज्योतीले जिम्माल बाको छोरी,उहीँ मुलाको सिङ्की,चोरी खान पल्केको ढाडे बिरालो, लगायतका गित गाईन।बिद्यालयमा पश्चिमेलि संस्कृती भित्रीएको अभिभावकहरुले प्रतिक्रिया दिएका छन।

अब बिध्यालय कता जाँदै छ एक अभिभावकले भने यस्तो अश्लिल प्रस्तुतीले बालबालिका र स्कुले बिध्यार्थीको मष्तिस्कमा के प्रभाव पर्छ? बिध्यालयको उत्सव कि कन्सर्ट उनले प्रश्न गरेका छन। बिध्यालयका प्रधानाद्यापक खेमराज शर्माले राष्टिय कलाकार ल्याउने जिम्मा स्कुलले बिद्यालयका पुर्व बिद्यार्थिलाई दिइएको र उस्ले नै ज्योती मगरलाई साथै ल्याएको बताएका छन। ज्योती मगरलाई ल्याउन हामिले भनेका छैनौ उनले भने।

प्रतिक्रिया दिनुहोस्