खै महराको मणी ?



ऊ बेला द्धन्द्ध कालका तत्कालिन माओवादी नेता ‘जंगल’मा हराउँदा को हो को थिए । तर फ्याट्ट महरा रातारात हराभरा भए । द्धन्द्धकालमा शान्ति प्रकृयाको ट्रयाक खोल्ने संयोजक बनेका उनी हराभरा नहुने कुरै भएन ।

त्यही संयोजकको बायोडाटा बलियो भएपछि उनी आफ्ना कयौ समकक्षीलाई पछार्दै पटक–पटक मन्त्री बने । त्यति मात्रै होइन अहिले फेरी सभामुख बन्या छन् ।

यसरी एक पछि अर्को जिम्मेवारी सम्हालेपछि महरा निकै परिपक्व भए अब त प्रचण्डलाई पालो दिन योग्य भए होला भन्या त निकै विचरा पो रैछन् । अर्थात् राजनीतिका भर्खर कखरा मात्रै पो रैछन् । शुक्रवार संसदको गतिविधी देख्दा त्यस्तै लाग्यो । संसदमा पेश भएको विधेयक पास गर्न सत्तापक्ष जसरी हतारिएको थियो त्यो भन्दा कयौ गुणा महरा आत्तिए ।

धरहराले विधेयकको विरोध अनि समर्थनमा जययजकार गर्न खोज्या हैन । महराले विधेयक निणयार्थ प्रस्तुत गर्दा अपनाएको कार्यशैली अनि भाषाशैली नियाल्दा निकै विचरा देखियो । उनी आत्तिएको देख्दा प्रतिपक्षीले सभामुखको मुखै थुन्छ, उनले बोलेनन् भने विधेयक नै फेल हुन्छ जस्तो देखियो । त्यस्तो देख्दा धरहरा वरीपरि भेटिएका धेरैले भने–‘हैन महराको मणि कता हरायो, महरा उनै हुन् त ?’

प्रतिक्रिया दिनुहोस्