टाइम्स च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं
टाइम्स इन्टरनेसनल कलेजले १८औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ।
शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा टाइम्सले जेभियर इन्टरनेसनल कलेजलाई ५८–४५ ले पराजित ग¥यो। टोलीको जितमा मोस्ट भेलुएबल प्लेयर घोषित सुजन लिम्बूले २५ अंक योगदान गरे। शुरूका दुई क्वार्टरमा क्रमशः १३–८ र १९–८ को अग्रता लिँदै जितको आधारमा खडा गरेको थियो। तेस्रोमा १३–१५ र चौथोमा १३–१४ ले पछि परे पनि टाइम्सको उपाधि यात्रामा असर परेन।

प्रतिक्रिया दिनुहोस्