भाले भिडन्त



संसद्मा अहिले घम्सा घम्सी चलेको छ। सत्ता र प्रतिपक्ष संसदीय मान्यता विपरीत गएर भाले जुधाइमा व्यस्त हुन थालेका छन्। मेरो गोरुको बाह्रै टक्का भनेझैं दुवै पक्षको भाले भिडन्तको दर्शक जनता बनेका छन्।

सत्तापक्ष चिकित्सा शिक्षा विधेयक पारित गराउने पक्षमा छ भने विपक्ष उक्त विधेयकलाई संसद्मा प्रस्तुत हुन नदिन कम्मर कसेर लागेका छन्। दुवैको लडाइँले मुलुक कता जाने हो धरहरा चिन्तित छ।
गगन थापाहरुले अहिले गुण्डागर्दी शैलीमा संसद्मा प्रस्तुत भएर २० वर्षअघिको आफ्नो रूप देखाएका छन् भने सभामुख कृष्णबहादुर महराले युद्धकालीन छापामार शैली अपनाएर आफ्नो असली रूप देखाएका छन्।

धरहराको एउटा सुझाव छ उनीहरुले विगतको आफ्नो छविमा लागेको दाग हटाउने हो भने यो गुण्डागर्दी शैलीलाई छोडेर सांसद मात्र भएको अनुभूति जनतालाई दिलाउन सक्नुप¥यो। यस्तो लन्ठु पाराले यो मुलुक बन्ला त रु डुकुलट्ठकहरुलाई ३३ कोटी भगवान्ले सतबुद्धि दिए हुने भन्ने निष्कर्षमा धरहरा पुगेको छ। आगे जो मर्जी हनुमान जी ?

प्रतिक्रिया दिनुहोस्