हक्कीको उपाधि आर्मीलाई



हेटौंडा, (नेस)
हेटौंडामा भएको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीको उपाधि विभागीय टिम नेपाल आर्मीले जितेको छ। शुक्रबार दंगा प्रहरी नियन्त्रण गणको खेलकुद मैदानमा भएको फाइनलमा आर्मीले टाइब्रेकरमा प्रदेश–३ लाई पराजित गरेको हो। खेलको निर्धारित समयमा प्रदेश–३ की निलिमा पाण्डे र आर्मीकी सीताकुमारी चौधरीले समान १ गोल गरेका थिए।

गण्डकी प्रदेशले प्रतियोगिताको तेस्रो स्थानमा चित्त बुझाएको छ। तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले प्रदेश–७ लाई निर्धारित समयमा बराबरी गोल भएपछि सडनडेथमा कमला पुनको गोलले निरीह बनाएको थियो।

प्रतियोगिताको सर्वोत्कृट खेलाडी प्रदेश–३ की निलिमा पाण्डे घोषित भइन्। उत्कृष्ट गोलरक्षक आर्मीकी कुष्मा रानामगर, सर्वाधिक गोलकर्ता आर्मीकै सरिता मेचे ९५ गोल० र उदीयमान खेलाडी गण्डकी प्रदेशकी कमला पुन चुनिए। उत्कृष्ट विधाका ४ खेलाडीले समान ५÷५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्