प्रविधिमय अमेरिका 



शरद सापकोटा
विश्व शक्ति राष्ट्रका नामले परिचित संयुक्त राज्य अमेरिका विज्ञान र प्रविधिमय देख्न सकिन्छ। सृष्टिको उत्कृष्ट जीव नै मानव भएकाले, यो मानव जीवनलाई सञ्चालन गर्न कसरी सरल, सहज र आरामदायी हुन्छ भन्ने ढंगले हरेक क्षेत्रमा गहन अध्ययन र अनुसन्धान गरी प्रविधियुक्त संसाधन निर्माण गरेर लागू गरिएको छ। प्रविधिले कामलाई निकै छिटो, सहज र पारदर्शी गराउँछ। प्रविधिको प्रयोग गर्दा निकै कम जोखिम हुने गरी व्यवस्थापन गरिन्छ। खाने, लगाउने, हिँड्ने, बस्ने, सुत्ने, खेल्ने, पढ्नेदेखि अनेक काममा उच्च प्रविधियुक्त संसाधनको प्रयोग गरिएको छ। अमेरिकामा देख्न सकिने प्राविधिक संसाधनका केही उदाहरणहरू यसप्रकार छन् ः

१० जीपीएस सिस्टम ः अमेरिकामा आफ्नो गन्तव्यमा पुग्नका लागि जीपीएस प्रयोग गरिन्छ। घना बस्ती भएका शहरमा कुशल व्यवस्थापन गरिएका सडक, घरहरू, पार्क, कार्यालय, विद्यालय, कारखाना वा अन्य कुनै स्थानमा पुग्ने सजिलो माध्यम नै जीपीएस हो। आफ्नो गन्तव्यमा पुग्न न कसैलाई सोधेर साध्य छ, न सधैं ट्याक्सी लिएर जान सम्भव छ। त्यसैले जीपीएसमा आफू पुग्नुपर्ने गन्तव्यको ठेगाना राखेपछि आफू जाने माध्यम ९गाडी, साइकल, पैदल० छनोट गरेपछि दायाँबायाँ, तलमाथि सबै बताउँदै सजिलो गरी यसले गन्तव्यसम्म पु¥याइदिन्छ।

२० तापक्रमको सन्तुलन ः मौसम परिवर्तनसँगै पृथ्वीमा हावापानी तातो वा चिसो घटबढ भइरहन्छ। यसबाट मानव जीवनको दैनिक कामकाजमा असर नपरोस् भनेर स्वचालित एयर कन्डिसनरहरू जडान गरिएको छ। सबैखाले भवन, गाडी, रेल, कार्यस्थललगायतका क्षेत्रमा सधैंभरी एउटै तापक्रम हुन्छ, मौसम परिवर्तनको अनुभूति गर्नुपर्दैन। बाहिर पार्कतिर घुम्न निस्कँदा भने फरक मौसमको अनुभूत हुन्छ।

३० घर–घरमा निरन्तर ग्यास, बिजुली र पानीको उपलब्धता ः प्रत्येकका घर–घरमा ग्यासको पाइप, पानीको लाइन, विद्युत् लाइन छ। सबै चिज आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ। ग्यासको सिलिन्डर बोक्ने, पाइपको लाइन खन्ने तथा बिजुली जाने, यसलाई उजुरी गर्नु परिरहने आवश्यकता रहँदैन।

४० रोबोटको प्रयोग ः निरन्तर खटिरहनुपर्ने ठाउँ जस्तैः कुनै कम्पाउन्डभित्रको पथ प्रदर्शन गर्नुपर्ने स्थान, अलि जोखिमयुक्त आउटडोरमा गर्नुपर्ने कामका लागि रोबोटको प्रयोग गरिन्छ।

५० गुणस्तरयुक्त फोन सुविधा ः यहाँको मोबाइल सर्भिस अत्यन्तै चुस्त पाइन्छ। डायल गरेको १ सेकेन्डमा फोन लाग्छ र इन्टरनेट कहिल्यै स्लो हुँदैन। महिनामा एकपटक पैसा तिरेपछि महिनाभर अनलिमिटेड सर्भिस लिन सकिन्छ।

६० शक्तिशाली स्मार्ट कार्ड सुविधा ः नागरिकलाई व्यक्तिगत कार्डको व्यवस्था गरिएको छ। जसबाट आफ्नो खाताबाट पैसा लिन र तिर्न सकिन्छ। सामान खरिद गर्ने ठाउँ, होटल, रेस्टुरेन्ट, पार्किङ, बिजुली, पानी, कर इत्यादीको बिल तिर्न सकिन्छ। अनलाइन सपिङ गर्न सकिन्छ। जसबाट आफ्नो रेकर्ड कायम भइरहन्छ, जसले भविष्यमा ठूला कारोबार गर्ने वातावरण तयार हुन्छ।

७० स्वचालित लिफ्ट, बत्ती, धारो, प्यान ः ठूला भवनहरूमा भएका ठूला ढोकाहरू मानिस आउँदा जाँदा आफै खुल्ने र बन्द हुने हुन्छन्। सयौंतले घरका हजारौं कोठामा पुग्न लिफ्टको प्रयोग गरिन्छ। सपिङ कम्प्लेक्समा कैयौं तलाका लागि सजिलो लिफ्ट राखिएको छ। धारो, शौचालयका प्यान मानिसहरू जाँदा आफैं खुल्ने र बन्द हुने सिस्टम कायम छ। सार्वजनिक बत्ती दिउँसो निभ्ने, राति आफैं बल्ने गर्छन्। कोठामा मानिस जाँदा बल्ने र अरूबेला निभ्ने गरी मिलाइएको छ।

८० ठूला अफिस एक्ला कर्मचारी ः सेवाग्राही पुग्ने ठूला–ठूला अफिसमा एक्लो कर्मचारी काम गरिरहेको देखिन्छ। बैंक, प्रालि, सरकारी कार्यालयका ठूला डिपार्टमेन्ट एक्ला–एक्ला कर्मचारीले सम्हाल्न सक्ने गरी सिस्टम मिलाइएको छ। न कार्यालयमा धेरै स्टाफ देखिन्छन् न सेवाग्राहीको लाइन। धेरै काम प्रविधिले हुने भएपछि मान्छेको अनावश्यक भीड हुनै नपर्ने।

९० पार्किङको पैसा उठाउने मेसिन ः सवारीसाधन पार्किङका लागि तोकिएको ठाउँमा पार्किङ गरेबापत निश्चित शुल्क तिर्नुपर्ने हुन्छ र त्यो पैसा मेसिनले लिन्छ। मेसिनमा कार्ड वा सिक्कामार्फत पैसा तिर्न सकिन्छ। यदि पैसा नतिरी पार्किङ गरेमा वा पार्किङ एरिया बिगारेमा केही मिनेटभित्र प्रहरी आएर कारबाहीमा लैजान्छ।

१०० रेल चढ्न कार्ड ः यातायातका लागि रेल प्रयोग गर्नलाई शहरको मुनि अन्डरग्राउन्ड र माथिबाट रेलसेवा सञ्चालनमा छ। रेल चढ्न रेल कार्ड लिनुपर्छ। कार्ड लिनलाई मेसिन राखिएको छ। मेसिनको मुखमा नोट वा कार्ड राखेपछि मेसिनले पैसा लिन्छ र रेल कार्ड दिन्छ। त्यही कार्ड लगेर रेल चल्ने बाटोको मुखमा रगडेपछि भित्र छिर्न पाइन्छ। रेलको ढोका स्वचालित हुन्छ। हरेक स्टेसनमा रोकिँदा ढोका खुल्ने यात्रु ओराल्ने र चढ्ने गराउँछ। रेल सञ्चालन पनि डिजिटल प्रविधिले गर्छ। त्यहाँ सुरक्षाकर्मी कहीं पनि देखिँदैनन् तर केही अनियमितता हुनेबित्तिकै तत्कालै प्रहरी आइपुग्छ।

११० हरेक स्थानमा मेसिन ः भान्सामा प्रयोग हुने पकाउने, उमाल्ने, काट्ने, उसिन्ने, मुछ्ने, पोल्ने मेसिनहरू प्रयोग गरिन्छ। कफी सपहरूमा कफी बनाउने विभिन्न मेसिनहरूको प्रयोग गरिन्छ। निर्माणस्थलमा हुने सबै कामहरू मेसिनबाट गरिन्छ। खन्न र उखेल्न, फोहोर उठाउन ९घरभित्र र बाहिर०, मासु काट्ने, प्याकिङ गर्ने, जुस बनाउने, कपडा बुन्नेजस्ता जनजीवनमा गरिने हरेक कामका लागि मेसिनको अत्याधिक प्रयोग गर्ने गरिन्छ।

१२० हरेक पसलमा करसहितको बिलिङ मेसिन ः पसलहरूमा बिलिङ मेसिनको प्रयोग अनिवार्य गरिएको छ। हरेक सामान किन्दा कर तिर्नैपर्ने हुन्छ। राज्यलाई कर पनि मेसिनले सोझै पसलबाटै तिर्ने गर्छ। रेस्टुरेन्टहरूमा टिप्स तिर्नु अनिवार्य छ।

१३० सार्वजनिक टेलिफोन ः सडकहरूमा सार्वजनिक टेलिफोन राखिएको छ। आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ। तर अहिले सबैको हातमा मोबाइल भएकाले त्यसको प्रयोग कमै मात्रामा हुने गर्छ।
१४० शहरहरू दिनरातै उज्यालो ः शहरमा दिनरातै बिजुली, सोलारजस्ता सुविधा भएकाले रातभर भवन, सडक, बोटबिरुवा, उज्याला हुन्छन्। दिन र रातको कुनै फरक देखिँदैन।

१५० नो बार्गेनिङ ट्याग ः सपिङ मलका सामानमा नो बार्गेनिङ मेसिन रिडेबल ट्यागहरू टाँसिएका हुन्छन्। सामानमा बार्गेनिङ गर्नुपर्दैन बरु डिस्काउन्ट, कमिसनजस्ता अफरहरू पाइन्छ।

१६० स्मार्ट रोड सर्भिस ः अमेरिकाको सडक पनि धेरै सवारी चापका कारणले पिक आवरमा जाम हुने गर्छ। यदि यात्रुलाई जामबाट जान मन लागेन वा हतार भइरहेको छ भने वैकल्पिक रोड प्रयोग गर्न सकिन्छ, जहाँ जाम हुँदैन तर त्यसबापत छुट्टै शुल्क तिर्नुपर्छ। शुल्क तिर्न कहीं जानुपर्दैन, आफ्नै गाडीमा कार्डबाट तिर्न सकिन्छ।

१७० सम्पर्कको भरपर्दो माध्यम नै इन्टरनेट ः हर किसिमको सेवा लिन इन्टरनेटको प्रयोग सहज र भरपर्दो छ। सबै शिक्षित जनशक्ति भएको मुलुकमा इमेल इन्टरनेटमा सरकारी, गैरसरकारी काम, व्यापारिक तथा सेवामूलक कामहरू सञ्चालित हुन्छन्। सामान किन्नुपरेमा, जागिर खोज्दा, होटल बुकिङ गर्नुपर्दा, बीउबिजन चाहिएमा, प्लेन टिकट लिनुपरेमा, औषधोपचार, सरकारी सूचनाजस्ता यावत कुराहरू इमेलमार्फत हुने गर्छ।

१८० भिजिटर्स माइक्रोफोन सर्भिस ः महŒवपूर्ण पुराताŒिवक वस्तु वा ठाउँको भ्रमण गर्दा त्यहाँको सर्भिस प्रोभाइडरले ठूलो ग्रुपलाई ब्रिफिङ गर्छन्। त्यसबेला एकजनाले ब्रिफिङ गर्दै माइकमा बोलेर घुमाउँछ र घुम्नेहरूले कानमा इयरफोन लगाएर सुन्न सक्छन्। त्यहाँको जानकारी लिन सक्छन्।
१९० अलर्ट साइरन ः महŒवपूर्ण स्थानहरू हस्पिटल, व्यापारिक केन्द्र, एयरपोर्ट, सरकारी कार्यालय, धेरै मानिस जम्मा हुने ठाउँहरूमा साइरन जडान गरिएको छ। केही खतराको संकेत वा आपतकालीन अवस्था सिर्जना भएमा ती साइरनले पूर्व जानकारी गराउँछ।

२०० सेक्युरिटी क्यामेरा ः सार्वजनिक स्थान, चोक, पसल, अफिस, घरमा क्यामेरा जडान गरिएको हुन्छ। कुनै घटना, चोरी भएमा क्यामेराले खिचेको दृश्य मोबाइलको एप्सबाट हेर्न सकिन्छ। यसको मेमोरी महिनौसम्म रहन्छ। घटनाका रहस्यहरू तत्कालै थाहा पाउन सकिन्छ।

२१० भरपर्दो अनलाइन सपिङ ः अनलाइनमार्फत जुनसुकै सामान खरिद गर्न सकिन्छ। आफ्नो कार्ड प्रयोग गरेर अर्डर गरिएपछि अफिस वा घरमै सामान आइपुग्छ। सामान मनपरेमा भने फिर्ता लैजान्छ। केही दिन प्रयोग गरेर सामान मन परेन भने फिर्ता गर्न वा साट्न पाइन्छ। यसको कुनै शुल्क लाग्दैन तर निश्चित अवधि ९१ महिना वा ४०÷४५ दिनसम्म० हुन्छ। यो अत्यन्तै विश्वसनीय हुन्छ।

२२० बीमा सुरक्षा ः हरेक सुरक्षाका लागि बीमा गरिन्छ। मानिस, पशुपक्षी, व्यवसाय, कामदार आदिको। अमेरिकाले सबै प्राविधिक सामग्रीको बीमा गरी सुरक्षा प्रदान गरेको हुन्छ। उदाहरणका लागि मोबाइलको बाहिर सिसामा प्रयोग गरिने टेम्पर ग्लासको समेत। यदि यो ग्लास कारणवश फुटेमा तल्कालै फेर्न पाइन्छ। यसरी हरेक सामग्रीमा बीमा सुरक्षा छ।

अमेरिकामा हरेक क्षेत्रमा अध्ययन जारी छ। झन् नयाँ कुरा पत्ता लगाउने आशमा खोजी कार्य निरन्तर छ। कम्युटर, टेलिफोन, हवाईजहाजलगायतका प्रविधिको सुरुआत अमेरिकाबाटै भएको हो। अमेरिकाले आफैं खोजी गर्छ, पत्ता लगाउँछ, प्रयोग गर्छ र विश्वलाई बाँड्छ। अमेरिका सधैं पहिलो हुनुमा हरेक कामप्रतिको समान दृष्टिकोण, निरन्तरता र श्रमप्रतिको सम्मान नै हो। सबै नागरिकले काम अनिवार्य गर्नै पर्छ, काम गर्नेको सम्मान पनि गरिन्छ। सबै जनाले काम गर्दा केही न केही नयाँ निस्कन्छ, राज्य पनि धनी हुन सक्छ।

विज्ञान र प्रयोगले भरिपूर्ण रहेको अमेरिकामा शिक्षा उच्च प्रविधियुक्त छ। स्वाथ्यका क्षेत्रमा कुरा गर्ने हो भने अकालमा कोही पनि मर्नुपर्दैन। सबै जनताले उच्च प्रविधियुक्त स्वास्थ्य सेवा पाउँछन्। यातायात, उद्योग, कलकारखाना, कृषि, खानीजस्ता क्षेत्रमा प्रविधिको उच्चतम प्रयोग गरिन्छ जसले गर्दा त्यसको नतिजा पनि उत्कृष्ट नै आउँछ। हर क्षेत्रमा आफ्नै उत्पादन र निर्माण भएकाले गुणस्तरीय सामानको मात्रै प्रयोग हुन्छ। विदेशबाट आयात हुने सामग्रीको गुणस्तर मापन गरेर मात्रै देशमा भिœयाइन्छ, यदि न्यून गुणस्तरको पाइएमा नष्ट गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्