कलेज अफ सेन्ट्रल स्टेटमा स्र्पोटस सुरु



काठमाडौं, (नेस)
कलेज अफ सेन्ट्रल स्टेटले शहिद दिवसको अवसर पारेर कलेज अफ सेन्ट्रल स्टेट स्पोर्ट्स मिट अयोजना गरेको छ । पहिलो दिन म्याराथन दौडबाट उद्घाटन भयो । ७.२ किलोमिटरको म्याराथन दौडमा विभिन्न तहका ३ सय ८४ विद्यार्थीको सहभागिता रहेको थियो ।

उक्त दुरी २१ मिनेट १० सेकेण्डमा पार गदै छात्रतफ सोही कलेजका छात्र डेनिस लामा पहिलो स्थानमा रह्यो । त्यसैगरि छात्रातर्फ उक्त दुरी २६ मिनेट २० सेकेण्डमा पार गदै सोही कलेजकी सविना लामाले पहिलो स्थान हासिल गरिन् ।

उदघाटन गर्दै क्याम्पस प्रमुख रमेश घिमिरेले कलेजमा विभिन्न तहमा अध्यनरत विधार्थीहरुलाई शिक्षा र खेलकुदका माध्यमबाट विधार्थीको बौद्धिक र शारिरिक क्षमताको विकास गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्