उपाधिको लागि थ्रीस्टार र आर्मी भिडने



गोकुल घोरसाइने, बारा
सिमरा गोल्डकपको उपाधिको लागि रुस्लान थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लवबीच भिडन्त हुने भएको छ ।

बिहिबार भएको दोस्र्रो सेमिफा्रइनल खेलमा हिमालयन शेर्पाविरुद्ध १–० को कठिन जित निकाल्दै साविक उपविजेता थ्रि स्टारले साविक विजेता आर्मीसंगको भेट पक्का गरेको हो । आर्मीले पहिलो सेमिफाइनलमा बुधबार आयोजक नवजनजाग्रिति युवा क्लवलाइ्र्र हराउदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।

थ्रीस्टारलाई उपाधि होडमा उभ्याउने क्रममा अफ्रिकी स्ट्राइकर फोफाना फोडेले निणा्र्रयक गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलको ७१ औं मिनटमा डिबक्सभित्र हिमालयन शेर्पाका डिफेण्डर र गोलरक्षकले गरेको गल्तिको फाइदा उठाउँदै फोडेले टिमलाई अग्रता दिलाएका थिए । थ्रीस्टारका रञ्जन विष्टले डिबक्स बाहिरबाट एकल प्रयासमा लगेको बल क्लिएर गर्न अघि बढेका शेर्पाका गोलरक्षक किशोर गिरीको प्रयास सफल हुन नसक्दा फोडेले त्यसको फाइदा लिए । किपर विट भएको अवस्था सदुपयोग गर्दै फोडेले सुन्दर गोल गर्दै थ्रीस्टारलाई महत्वपूर्ण जित दिलाएका हुन ।

सेमीफाइनल भिडन्तमा दुबै टिमले पाएका सुन्दर अवसरहरु गुमाउँदा खेल अन्तिमसम्मनै प्रतिष्पर्धात्मक बन्यो । खेलको १३ औं मिनटमा मानबहादुर तामाङको पासमा विश्वास श्रेष्ठले डिबक्स भित्र पाएको अवसर गुमाए । हिमालयन शेर्पाका विश्वासको शसक्त प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाउ गरे ।

खेलको १४ औं मिनटमा फोफाना फोडेको पासमा सुशिल राईले गोल गर्ने अवसर गुमाए । डिबक्स भित्रै पाएको बललाई फितलो प्रहार गर्दा हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले सहजै बचाउ गरे ।

खेलको १६ औं मिनटमा हिमालयन शेर्पाका विश्वासको अर्को प्रहार विफल भयो । डिबक्स बाहिर पाएको बल एकल प्रयासमा अघि बढाउँदै पेनाल्टी एरियाबाट उनले गरेको शसक्त प्रहार थ्रीस्टारका गोलरक्षक एलनले पञ्च गर्दै बचाउ गरे ।
३३ औं मिनटमा फोफाना फोडेले अर्को अवसर गुमाए । किपर समेत अघि बढेको अवस्थामा डिएरियाबाट उनले गरेको प्रहार क्रसबारमाथि गयो ।

३५ औं मिनटमा थ्रीस्टारका दिनेश राजवंशीको अर्को प्रयास विफल भयो । रञ्जन विष्टको पासमा दिनेशले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार हिमालयन शेर्पाका रक्षक किशोर गिरीले बचाए ।

खेलको ३९ औं मिनटमा विश्वास श्रेष्ठको पासलाई अमर डंगोलले सम्हाल्न नसक्दा पेनाल्टी एरियामै पाएको अवसर खेर गयो । अमरले सम्हाल्न नसकेको बल त्रिदेव गुरुङले प्रहार गर्ने मौका पाएपनि उक्त प्रहार क्रसबार माथी गयो ।
४१ औं मिनटमा थ्रीस्टारका सुनिल बलले फ्रिकिक अवसर सदुपयोग गर्न सकेनन् । हिमालयन शेर्पाका उल्रिक सिवेले रञ्जन विष्टलाई फाउल गरेपछि २२ यार्डमा पाएको फ्रिकिकले पोष्टको दिशा लिन सकेन ।

५७ औं मिनटमा हिमालयन शेर्पाका पूर्ण गुरुङ वन भर्सेस वनमा चुके । विश्वासको पासमा पूर्णको प्रहारले पोष्टको दिशा लिन सकेन । ६१ औं मिनटमा पूर्ण गुरुङको अर्को प्रहार खेर गयो । विश्वास श्रेष्ठको पासलाई डिबक्स भित्र सम्हाल्न नसक्दा थ्रीस्टारका डिफेण्डर डाम्बियाले क्लिएर गरे ।

खेलको ६५ औं मिनटमा थ्रीस्टारका फोडे वन भर्सेस वनमा चुके । डिबक्स बाहिरबाट एकल प्रयासमा बल अघि बढाएका फोडेको प्रहार फितलो बन्दा अग्रता लिने अर्को अवसर गुम्यो । खेलको म्यान अफ दि म्याच थ्रीस्टारका कप्तान विक्रम लामा घोषित भए । उनले नगद दशहजार सहित ट्रफी हात पारे ।

जीतपछि खुशी देखिएका थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शन स्तर अनुसार नभएको बताए । ‘खेलाडिहरु थकित भएका कारण सोंचे अनुरुप खेल प्रदर्शन गर्न सकेनन्’ केसीले भने । थ्रीस्टार मात्र नभइ अहिले मोफसलका प्रतियोगितामा सबै टिमको स्तर अनुसारको प्रदर्शन नभएको आर्मी वीरुद्धको उपाधि भिडन्तमा विशेष रणनीतिका साथ मैदान उत्रने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्