दुर्लभ अभ्यास



‘शहीदको सपना साकार पार्छौ’, ‘शहीदले देखाएको बाटो भुल्ने छैनौ’ भन्ने ओठको खाँचो छैन मुलुकमा । यस्तो प्रतिवद्धता हरेक वर्ष दोहोरिन्छ अनि प्रतिवद्धता दोहो¥याउने फ्रन्ट लाइनमा नेता भनाउँदा झुल्किन्छन् । अहिलेका चल्तीका नेता शहीदले बलिदानी दिएपछि छाएका, धन दौलत बाक्लै पाएका त हुन् नि ।

तर शहीदका सपना भने ज्यूँका त्यूँ छन् । अहिले फेरी शहीदलाई सम्झने मौसम शुरु भाछ । मौन धारण गर्ने, फूलमाला अनि पुष्प गुच्छा चढाउने अनि शहीदको पृष्ठभूमि र योगदानको चर्चा गर्नेहरु यो मौसममा बाक्लै देखिन्छन् । यदाकदा त गोहीका आँशु झार्ने नेताको जमात पनि पो देखिन्छ त । तर के गर्नु हिउँद राम्रोसँग सकिएको हुँदैन शहीदलाई बिर्सने मौसम शुरु भइहाल्छ ।

अनि बालुवाटार, सिंहदरवार, बालकोट, खुमलटार, बुढानिलकण्ठ जस्ता दरबार अनि उच्च घरबारले शहीदलाई सम्झनु त परकै कुरा शहीद परिवारलाई पनि चटक्कै बिर्सिएसी के भन्नु र खै ? यही दुर्लभ अभ्यास अर्को बर्षको माघ लागेसी २÷४ दिन भएनी दोहोरिन्छ, शहीदको बखान गर्ने जमात फेरी बाक्लिन्छ । बरु अहिलेको दुई तिहाई सरकारले ‘शहीद’ शब्द नै हेरफेर गरे कसो होला ?

प्रतिक्रिया दिनुहोस्