नागदह उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता हुने



नेपाल समाचारपत्र, ललितपुर ।

प्रथम नागदह उपत्यका व्यापी तेक्वान्दो प्रतियोगिता आज शुक्रबार धापाखेलमा हुने भएको छ ।

धापाखेलको कल्याण बोडिङ्गको खेलमैदानमा सो प्रतियोगिता शनिबार सञ्चालन हुने छ ।नागदह तेक्वान्दो डोजाङले सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । सरकारले हालै सूचीकृत गरेको १ सय १ पर्यटकीय गन्तव्य मध्ये नागदह पनि एक रहेको छ।

खेलकुलको माध्यमबाट नागदहको प्रचारप्रसार गर्न यस प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक हरिशरण गिरीले पत्रकार भेटघाटमा जानकारी दिनुभयो ।‘खेलकुदको विकाससंगै नागदहलाई धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य राखेका छौं ।’ गिरीले भन्नुभयो ।

प्रतियोगिता सञ्चालनको लागि गिरीको संयोजकत्वमा नवीन खड्का सहसंयोजक सहित १० सदस्यीय समिति गठन गरिएको छ ।

२१ देखि ६३ केजीसम्म गरी १९ वटा तौल समूहमा सो प्रतियोगिता हुनेछ । काठमाडौं उपत्यकासहित रामेछाप गरी ३ सय खेलाडीले प्रतियोगितामा भाग लिने छ । प्रतियोगितामा खेलाडीसंगै १ सय जना प्रशिक्षक आउने नागदह तेक्वान्दो डोजाङका मुख्य प्रशिक्ष्ँक कविराज मालीले पत्रकार भेटघाटमा बताइयो ।

प्रतिक्रिया दिनुहोस्