लोहियाको सिद्धान्तमा नेपाली कांग्रेस १



श्रीमननारायण्
देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको सम्पन्न झन्डै एकसाता लामो महासमिति बैठकमा व्यापक विचार–विमर्श एवम् मन्थन भयो। अन्त्यमा पार्टी संगठनका महत्वपूर्ण पदहरूमा शीर्ष नेताबीच भागवण्डासहित बैठक सम्पन्न भयो। पराजयको गहन समीक्षा र आपूmभन्दा टाढिन पुगेका समर्थक एवम् मतदाताहरूलाई आफूतिर कसरी आकर्षित गर्ने रु भन्ने विषयमा महासमितिले ठोस र प्रभावकारी नीति लिएको जस्तो देखिएन। ‘समाजवाद’ नै यस पार्टीको प्रमुख राजनीतिक सिद्धान्त रही आएको छ तर विगत तीन दशकदेखि पार्टीले ‘समाजवाद’को नीतिलाई तिलाञ्जलि दिई पुँजीवादलाई आत्मसात् गरेको देखिन्छ।

भारतका महान् समाजवादी नेता डा। राममनोहर लोहियाको समाजवादको सिद्धान्तलाई यस पार्टीले आत्मसात् गर्दै आएको हो। नेपाली कांग्रेसका महान् नेता स्वर्गीय बी।पी। कोइराला पनि लोहियाबाट धेरै नै प्रभावित थिए। वर्तमान अवस्थामा पनि नेपाली कांग्रेसलाई स्व। राममनोहर लोहियाको समाजवादको सिद्धान्तले नै पुनर्जीवन प्रदान गर्न सक्छ। आर्थिक उदारवाद र भूमण्डलीकरणको वर्तमान युगमा पनि समाजवादलाई लागू गर्न सकिन्छ भन्ने कुरालाई दक्षिण छिमेकी राष्ट्र भारतका कतिपय मुख्यमन्त्रीले प्रमाणित गरेर देखाइदिएका छन्। तसर्थ नेपाली कांग्रेसले पनि समाजवादको नीतिलाई पार्टीको घोषणापत्रमा र नारामा मात्रै सीमित नराखी व्यवहारमा उतारेर देशका गरिब, किसान, मजदुर एवम् उपेक्षित वर्गको समर्थन र विश्वासलाई पुनः हासिल गर्ने प्रयास गर्न सक्नुपर्दछ।

कुनै पनि देशमा राजनीतिक परिवर्तनपछि ‘लोकतन्त्र’ एवम् ‘समानता’लाई व्यवहारमा उतार्नु चुनौती हुने गर्दछ। समानताको अभावमा लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन तर आधुनिक विकासको नाउँमा समानताको अवधारणालाई ओझेलमा पार्ने काम भइरहेको छ। फलस्वरूप धनी र गरिबबीचको खाल्डो झन्–झन् फराकिलो हुँदै गइरहेको छ। महान् समाजवादी नेता डा। राममनोहर लोहियाले समानताको विषयलाई उठाउँदा अन्य विचारकहरूजस्तै धन एवम् भूमिको कुरा मात्रै गरेका थिएनन्, उनले सप्त क्रान्तिको आह्वान गरेका थिए।

नेपाली कांग्रेस मात्रै होइन, प्रायजसो मधेसवादी दलका नेताहरू पनि लोहियालाई नै आफ्नो आदर्श मान्ने गर्दछन् तर लोहियाको सिद्धान्त एवम् विचारलाई भने यिनीहरूले तिलाञ्जलि दिइसकेको देखिन्छ। अहिले पनि लोहियाको विचार त्यति नै सान्दर्भिक छ जति ५–६ दशकअघिसम्म थियो। असमानता, गरिबी एवम् अन्यायपूर्ण अवस्था रहेको ठाउँमा लोहियाको विचार अवश्य पनि स्मरण गरिनेछ।

नेपाली कांग्रेसले समाजवादको आफ्नो मूल सिद्धान्तलाई नारामा मात्रै सीमित राख्दै आएको छ। पार्टीले समाजवादको नारालाई एक किसिमले तिलाञ्जलि नै दिइसकेको छ भन्नुपर्दा अतिशयोक्ति नहोला। समाजवाद यस पार्टीका नेताहरूको मुखबाट निस्कने भाषणका आकर्षक शब्द अवश्य पनि छन्। नेपाली कांग्रेसले महान् समाजवादी नेता डा। राममनोहर लोहियाको आदर्शलाई आत्मसात् गरेको दाबी गरे पनि पार्टीका अधिकांश नेता–कार्यकर्ताहरू समाजवाद एवम् लोहियाको सिद्धान्तलाई अब निरन्तरता दिईराख्न आवश्यक ठानिरहेका छैनन्। हुन पनि सुशील कोइरालाको निधनसँगै नेपाली कांग्रेसबाट सिद्धान्तनिष्ठ राजनीतिको पनि बिदाइ भइसकेको छ भन्नुपर्दा नराम्रो लाग्छ।

दक्षिणी छिमेकी राष्ट्र भारत स्वतन्त्र भएपछि दुईवटा मुद्दा लोकतन्त्र तथा समानता सर्वाधिक महत्वपूर्ण मानिएको थियो। नेपालमा पनि राणा शासनको समाप्तिपछि उपर्युक्त दुई मुद्दालाई नै महत्वपूर्ण भनिएको थियो। अघि नै भनियो, डा। राममनोहर लोहियाले धन तथा भूमिको मात्रै कुरा गरेका थिएनन्, उनले त सप्तक्रान्तिको आह्वान गरेका थिए। महिला एवम् पुरुषबीचको समानता, छालाकोे रंगको आधारमा राजकीय, आर्थिक एवम् मानिस असमानकारी विरोध, संस्कारगत अर्थात् जन्मजात जाति प्रथाको विकास र पिछडिएका जातिको लागि विशेष अवसरको व्यवस्था, विदेशी दासताको विरोध तथा स्वतन्त्रता, निजी पुँजी र असमानताको विरोध तथा आर्थिक समानता एवम् योजनाद्वारा उत्पादन वृद्धि गर्नु उनका पाँचवटा आह्वान थिए।

त्यस्तै छैटौंमा निजी जीवनमा अन्यायपूर्ण हस्तक्षेपको विरोध तथा लोकतान्त्रिक पद्धति अनि सातौं आह्वानमा अस्त्रशस्त्रको विरोध तथा सत्याग्रहजस्ता विषय छन्। गम्भीर विचारबाट प्रतिपादित यी सूत्रहरू यस्ता खालका छन् कि जसले पूरै विश्वलार्ई परिवर्तन गरेर मानिसलाई दासताको मानसिकताबाट मुक्त गर्न सक्दछ। वर्तमानको अन्यौलपूर्ण एवम् सिद्धान्तविहीन राजनीतिको अवस्थामा लोहियाको विचारमाथि गम्भीरतापूर्वक विचार गर्नु आवश्यक छ। नेपाली कांगे्रसका नेता–कार्यकर्ताले उपरोक्त सात सूत्रसँग आफ्नो कर्तव्य एवम् व्यवहारलाई दाँजेर हेर्नुपर्दछ, स्वयम् आफैंले आफ्नो मूल्यांकन गर्दा पनि हुन्छ।

डा। लोहियको मान्यता थियो– किसानहरूको जग्गाको मूल्यमा कुनै पनि विकासलाई स्वीकार्य गर्न सकिँदैन। ठूला–ठूला मेसिन एवम् उद्योगधन्दाहरूलाई असीमित एवम् खेतीको निम्ति अनुपयोगी जग्गाहरूको मात्रै प्रयोग गर्न दिइनुपर्दछ। लोहियाको विचारमा जुन जग्गाबाट एउटा किसानको अनेकौं परिवारलाई पालनपोषण हुनसक्छ, त्यसबाट उसलाई वञ्चित गरी हामी खाद्यान्नको उपलब्धतालाई मात्रै कम गरिरहेका हुँदैनौं, अपितु त्यस किसानको स्वावलम्बन, स्वाभिमान एवम् स्वाधीनतामाथि संकट उत्पन्न गरी एक गम्भीर, सांस्कृतिक हानिको दिशामा बढिरहेका हुन्छौं। कानुनी शब्दहरू, लाभ–हानिका गणितभन्दा टाढा रहेर स्वाधीनता, उत्पादकता, धरातलीय यथार्थ एवम् गहिरिँदो सांस्कृतिक संकटको दिशामा हामी कसैको पनि स्थान केन्द्रित हुन सकिरहेको छैन।

आफूलाई लोहियाको पक्का अनुयायी एवम् शिष्य घोषित गर्नेहरूको भीड कम भएको छैन। यसको संख्या दिनानुदिन बढ्दै गएको छ। कतिपयले जातीय राजनीतिलाई नै लोहियाको सिद्धान्त मानिरहेका छन्, जुन कि सरासर झुटो र अन्याय हो। लोहियाको सिद्धान्तलाई अनुशरण गर्नु सजिलो छैन। केवल नेता अथवा विचारकको नाम जप्दैमा मात्रै त्यसको अनुयायी पनि भइन्छ भन्ने सोच्नु दिवास्वप्ना नै हो।

नेपाली कांग्रेस मात्रै होइन, प्रायजसो मधेसवादी दलका नेताहरू पनि लोहियालाई नै आफ्नो आदर्श मान्ने गर्दछन् तर लोहियाको सिद्धान्त एवम् विचारलाई भने यिनीहरूले तिलाञ्जलि दिइसकेको देखिन्छ। अहिले पनि लोहियाको विचार त्यति नै सान्दर्भिक छ जति ५–६ दशकअघिसम्म थियो। असमानता, गरिबी एवम् अन्यायपूर्ण अवस्था रहेको ठाउँमा लोहियाको विचार अवश्य पनि स्मरण गरिनेछ। नेपाली कांग्रेसको महासमितिमा लोहियाको विचारलाई स्मरण गर्ने र नीति बनाउनुपर्ने कुरामा जोड दिने नेताहरू आफैं असान्दर्भिक हुँदै गएका छन्। दक्षिणी छिमेकी भारतमा आफूलाई लोहियावादी बताउने नेता एवम् कार्यकर्ताहरू लाखौं–करोडौंमा छन्। केही नेताहरू त्यस सिद्धान्तप्रति प्रतिबद्ध र समर्पित पनि छन्। लोहियाको समाजवादी सिद्धान्त नेपाल र नेपाली कांग्रेसको सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक छ। समाजवादको मुद्दा पार्टीको निम्ति अमूल्य धरोहर साबित हुनसक्छ।

समाजवादको मुद्दा सबै दलको निम्ति सान्दर्भिक र ग्राह्य हुनुपर्ने हो। लोहियाले भनेका थिए कि उपरोक्त सातवटै क्रान्तिहरू एकैसाथ संसारमा हुने गर्दछन्। उनको विचारमा संसारमा जहाँ पनि दुःख, गरिबी, पराधीनता, असमानता एक पीडाको अवस्था भए पनि त्यो हाम्रो सभ्यताको निम्ति लाजको विषय हुनुपर्ने हो। नयाँ संसारको निर्माणको सपना देख्दा पनि उनले आफ्नो सांस्कृतिक धरोहरहरूको महत्वलाई चिनेका थिए। नदीहरूको सफाइ, हिमालय बचाउ, भाषा, नीति, रामायण भेला, भारत विभाजनको दुःखद अवस्थाबारे पनि चिन्तन गरेका थिए। अर्थशास्त्रको सम्बन्धमा उनी माक्र्सभन्दा पनि अग्रगामी इतिहास तथा नियतिको विषयमा उनी एकसाथ सोच्न र बोल्न सक्दथे।

लोकतन्त्रक एवम् समाजवादलाई उनले एउटै सिक्काको दुईवटा पाटो ठानेका थिए। लोहिया गान्धीको सत्याग्रह र अहिंसाका कट्टर समर्थक थिए तर गान्धीवादलाई उनी अधुरो दर्शन मान्दथे। उनी समाजवादी थिए तर माक्र्सलाई एकाङ्गी ठान्दथे। उनी राष्टवादी पनि थिए तर विश्व सरकारको सपना पनि हेर्दथे। आधुनिक सभ्यता बदलियोस् भन्ने पनि चाहन्थे। उनी विद्रोही तथा क्रान्तिकारी पनि थिए तर शान्ति र अहिंसाका घोर उपासक पनि थिए। उनी कहिल्यै कुनै ठूलो पदमा पुगेनन् तर पनि उनको स्वीकार्यता र व्यक्तित्व निकै अग्लो थियो। उनका विचारहरूले देशका बुद्धिजीवीहरूलाई सधैँ नै केही सोच्न बाध्य पारिरहेको हुन्थ्यो। देहावसानको बेलामा उनले भनेका थिए कि अन्य व्यक्तिहरूको सम्पत्तिलाई तिनका वारिसले सम्हाल्ने गर्दछ तर मेरो विचारलाई सम्हालेर अगाडि बढाउने व्यक्ति नै मेरो उत्तराधिकारी हुनेछ। लोहियाको आफ्नो कुनै घर थिएन, आश्रम पनि थिएन, कुटी पनि थिएन, सारा देश नै उनको घर थियो। पार्टीको कार्यालय नै उनको आश्रम थियो। देशका सारा गरिबहरूको झुप्रो नै उनको कुटी थियो। उनले आफ्नो जन्मदिनलाई कहिल्यै मनाएनन् तर उनको जन्मदिन मनाउन खोज्नेहरूलाई यति मात्रै भन्ने गर्दथे कि यो दिन मेरो जन्मका कारण महत्वपूर्ण भएको होइन, अपितु क्रान्तिकारीहरूको सहादतका कारण महत्वपूर्ण हुन गएको हो। लोहियाको अनुयायी बन्नु सजिलो छैन। पार्टीको नामको अगाडि अथवा पछाडि लोहिया शब्द मात्रै राखिदिनु लोहियावादी हुनु होइन।

लोहियाले किसान–मजदुरको हितका खातिर हाम्रो समाज एवम् विश्वमा विद्यमान असमानताका कारणहरूलाई ध्वस्त पार्दै जीवनभर संंघर्ष गरेका थिए। लोकतन्त्र, समाजवादका नारा किताब तथा कानुनमा मात्रै सीमित नरहेर स्वाधीन नागरिकको आचरणमा देखिनुपर्दछ। स्वाधीनता एक आचरण पनि हो र संयम पनि। अर्काको स्वाधीनताको रक्षा गर्नु पर्छ। लोहिया यस कुरालाई आफ्नो व्यवहार एवम् विचारद्वारा प्रत्येक स्तरमा चरितार्थ गरी देखाउने विलक्षण सांस्कृतिक चिन्तक, राजनेता तथा धरातलमा आधारित कार्यकर्ता पनि थिए। लोहियाको सिद्धान्त नेपाली कांग्रेसको निम्ति नयाँ ऊर्जा र अस्त्र साबित हुनसक्छ। त्यसैले नेपाली कांग्रेसले यततर्फ सोच्नु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्