जाडोले जुराएसी



अब त जाला भन्या जाँदैन झनै् बेस्मारी पो आयो त । फेरी हिउँदे झरी र हिमपात उर्लिएपछि अचाक्ली ग¥यो जाडोले पनि । जाडोले धेरैलाई छिनछिनमा सु सु गराउन बाध्य गराएको छ भने दाउराको जोहो ग¥या ठाममा आगोको बदला धुँवा मात्रै उडेपछि उधो मुन्टो लगाएका धेरैलाई फु फु गराइराछ भन्या ।

जाडोमा सुसु गर्न पनि हैरान फु फु गर्न पनि हैरान । अनि जाडो चानेचुने हो र उता यूरोपबाट भारत हुँदै नेपाल भित्रिएको । विदेशी वायु यता अकै महादेश र अकै देशमा आएसी त लुरुक्क पर्नु नि, पर्दैन, निकै ज्याद्रो छ सरी भन्दैन है ।

तर यहि जाडो धेरैका लागि निकै अच्छा भाछ । सोमरस वाला साहु–साहुनीलाई त दशैं नै भाछ । अनि घरकी गृहलक्ष्मीलाई के बहाना बनाएर टुच्च हानौ भन्नेहरुका लागि झनै अच्छा दिन आछ । ‘हल्का तताउन त परिहाल्यो नि’–भर्खर जुगाँका रेखी देखिन थाल्या जमात होस या गृहलक्ष्मी विरुद्ध बहाना रच्न सिपालु पोइ सबैले यस्तै तर्क गर्छन् भन्या ।

यस्तै माहोल बाक्लिएको देखेसी धरहराले प्रष्ट बुझ्या छ, जाडो धेरैका लागि भिलेन भएनी झनै धेरैका लागि चाहिँ वरदान सावित भाछ । जे छ सोमरसमा छ, अनि किन भनोस जाडोले सरी ।

प्रतिक्रिया दिनुहोस्