ज्ञानमाला अभियानमा महिला



सुनील महर्जन, ललितपुर ।
घर गृहस्थीमा सीमित महिलालाई सामाजिक क्रियाकलापमा संलग्न गराउने बलियो माध्यम बनेको छ, ज्ञानमाला भजन अभियान ।

पछिल्लो समय यसले अभियानकै रुप लिन थालेको छ। नेपाल राष्ट्रिय ज्ञानमाला समितिको देशभर सञ्जाल विस्तारसंगै यसले अभियानको रुप लिएको हो । ललितपुर क्षेत्रको उपसमिति अन्र्तगत ३५ वटा ज्ञानमाला भजन खलःहरुबीच हरेक महिना पालैपालो विभिन्न स्थानमा ज्ञानमाला भजन कार्यक्रम हु“दै आएको छ ।ती कार्यक्रममा समाजको तृणमुल (ग्रा“स रुटमा) रहेका महिलाहरुको आकर्षक बढ्दै गएको छ ।

जुनसुकै धर्ममा पनि भजन गाइन्छ । भजनलाई भक्ति योग र दर्शनसंग जोडिएको छ । अरु जस्तै ज्ञानमाला भजन पनि मुलतः भजन नै हो । ज्ञानमाला भजन सरल शब्दमा विशेषत गौतम बुद्धका मर्मस्पर्शी वचन, त्यसलाई केन्द्रीत गरी रचिएका गीतहरुको संग्रह हुन् ।यसका अभियन्ताहरु ज्ञानमाला भजनलाई भक्ति वा कुनै धर्म विशेषसंग जोडेर भन्दा पनि बुद्धको उपदेशलाई सरल र लयबद्ध तरिकाले जनमानसमा पु¥याउने माध्यमका रुपमा अथ्र्याउछन् ।

नेपालमा ज्ञानमाला भजनको नाउ“मा भजन गर्ने परम्परा ९ दशकअघि शुरु भएको थियो । ‘ केही वर्ष अगाडिसम्म ज्ञानमाला भजनमा कार्यक्रममा गायक, संगीतकार, जम्मै ‘दाई र भाई’ मात्र नै हुन्थे ।’। महिला, पुरुषसंगै भजन गाउनेमा सीमित थिए, त्यो पनि नगन्य मात्रामा । समितिका अध्यक्ष एवं चर्चित गायिकका रमना श्रेष्ठले भनिन् ।

केही वर्ष अगाडिसम्म ज्ञानमाला भजनमा कार्यक्रममा गायक, संगीतकार, जम्मै ‘दाई र भाई’ मात्र नै हुन्थे । दिदी, बहिनीहरु घरको झ्यालबाट हेरेर भजन सुन्ने गर्दथ्यो ।ज्ञानमाला भजनमा महिलाको संक्रियताले समूहमा काम गर्ने, सकारातमक सोच, नेतृत्व क्षमता, सञ्चारको सीप लगायत ज्ञानहरु व्यवहारमा सुस्तरी देखापर्न थालेको छ ।

उनी ज्ञानमाला भजन गाउन धरानबाट २०५४ सालमा पहिलो पटक काठमाडौंमा आएकी थिईन् ।‘ त्यतिबेला सबै पुरुषको अनुहार मात्र देखिन्थ्यो। उद्घोषण गर्नेदेखि लिएर व्यवस्थापक जम्मै पुरुष नै हुन्थे ।स्रष्टा सम्मान गर्दा पनि जम्मै पुरुषहरु मात्र हुन्थे ।’ महिला दिदी, बहिनीहरु खाली झ्यालमा बसेर भजन गायको सुन्ने र हेर्नेमा सीमित रहेको स्मरण गर्दै उनले भनिन् ‘ अहिलेको स्थिति बदलिएको छ । अभियानकर्ताको मुख्य हिस्सा नै महिला बनेको छ’ ।

तबला, हार्मोनियम लगायत सामग्री बजाउने महिलाहरु प्रशस्तै छन् । पुुरुषहरु सहभागी नभएपनि भजन गर्ने महिलाहरुको समूह काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरुमा सयौं तयार भइसकेका छन् ।महिलाको उपस्थितिको अनुपात पहिले भन्दा निकै बढेको नेपाल राष्ट्रिय ज्ञानमाला समितिका केन्द्रीय अध्यक्ष एवं गायिका रमना श्रेष्ठले जानकारी दिईन् ।‘पहिला संगीतले तान्ने नै हो । पछि शब्दले विस्तारै मन छु“दै जान्छ । यही क्रमले गुणात्मक विकास हुने हो ।’ गायिका श्रेष्ठले भनिन् ‘अहिले विभिन्न स्तरमा हुने तालिमले पनि महिला संख्या बढाएको छ ।’

गत पुस २८ गते शनिबार ललितपुर महानगरपालिका वडा – २० मा भएको ज्ञानमाला भजन कार्यक्रमको आयोजकको एउटा घटक नै त्यहा“को महिला समूह थियो ।श्री गवर्मपिन्थ महाविहार मुबहाः,चिरञ्जिीवी ज्ञानमाला भजन संघसंगै मूबहाः महिला समूह पनि सो कार्यक्रमको आयोजक बनेको थियो ।धार्मिक र पुरात्तात्विक महत्व रहेको सो बहालमा हरेक दिन हुने भजन कार्यक्रमा संहभागी हु“दै जादा“ महिला समूह आयोजक बनेका हुन् । माघ महिनामा भजन कार्यक्रम गर्ने जिम्मा लुभुस्थिति सुर्वण छत्रपुर विहारले लिएको छ ।

ज्ञानमाला भजन, नामसंगती पाठ कार्यक्रम विभिन्न वडा, टोल रहेका महिला समूहको वार्षिक कार्यक्रमको एउटा हिस्सा बनेको छ ।यसले महिला समूहलाई सक्रिय बनाउन, सामूहिक भावना बढाउन निकै सघाएको मुबहाल महिला समूहका अध्यक्ष अञ्जना शाक्यले बताइन् ।‘महिला समूहको सञ्चालनका क्रममा नगरपालिका, विभिन्न गैरसरकारी संस्थाले दिने क्षमता विकास, सकारात्मक सोचका तालिमबाट सिकेका ज्ञानहरु लागू नहु“दा कहिलेकाही दिक्क हुन्थ्यो ।’ अध्यक्ष शाक्यले भनिन्‘ कसरी महिलाहरुको सक्रियता बढाउने, घरको कामबाट सामाजिक कार्यमा कसरी संलग्न गराउने विषयले सधै चिन्तित बनाउथ्यो ।’

यस्तो अवस्थामा ज्ञानमाला भजन महिला समूहलाई परिचालन गर्ने बलियो माध्यमको रुपमा देखापरेको समूहका पदाधिकारीहरु बताउ“छन् । धार्मिक आस्था वा विश्वास गर्दा पनि होला, ज्ञानमाला भजनमा महिलाको संक्रियताले समूहमा काम गर्ने, सकारात्मक सोच, नेतृत्व क्षमता, सञ्चारको सीप लगायत ज्ञानहरु व्यवहारमा सुस्तरी देखापर्न थालेको समूहका सचिव प्रणीता शाक्यले सुनाईन् ।

ज्येष्ठ नागरिकहरुलाई घुलमिल हुने, स्फूर्तिको अनुभव गराउने र सक्रिय गराउन माध्यम पनि बनेको छ ।गीतको मर्म अनुसार आफ्नो सोच, व्यवहार रुपान्तरण गर्दै सुखी, शान्तपूर्वक जीवन जीउन प्रेरित गरेको अभियानकर्ताहरु बताउ“छन् ।महिलाहरु आकर्षण संगसंगै पुरुषहरुलाई पनि जीवनमा आचरण, व्यवहार राम्रो बनाउन सकारात्मक उर्जा प्रदान गरेको छ ।

ललितपुर पिम्बहाल मुबहाल निवासी महेन्द्र शाक्य भन्छन् ‘जा“ड, रक्सी खाने वर्षौदेखिको लत छाड्न ज्ञानमालाको गीतले प्रेरणा र मनोबल बढायो ।’ जीवनमा आफ्नो सोच, व्यवहार परिर्वतन हु“दै गएको महशुस गर्दै अहिले उनी हरेक दिन बिहान र सा“झ ज्ञानमाला भजनमा संलग्न हु“दै आइरहेका छन् । अरुको जीवनमा पनि सकारात्मक परिर्वतन आओस् भन्ने इच्छाले उनी अहिले चिरञ्जीवी ज्ञानमाला भजनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

भजनबाट सकारात्मक परिर्वतन ल्याउने शाक्य एक्ला छैनन् ।विशेषत साक्षरदेखि विद्यालय शिक्षासम्म पढेका महिलाहरुलाई जीवनमा अघि बढ्न यसले हौस्याएको छ । यसले महिलाहरु गायक, संगीतकार रुपमा अघि बढ्ने अवसर प्रदान गरेको छ । कार्यक्रममा संलग्न हुने क्रममा थुप्रै महिलाहरु गायक बनिसकेको पनि समितिका केन्द्रीय अध्यक्ष गायिका श्रेष्ठले बताईन् ।

सञ्चारमाध्यमको विस्तारले गर्दा राम्रो र कर्णप्रिय हुने गरी गाउन सक्ने गायिकाले सहजै स्थान पाउने अवस्था । यसमा राम्रो गायिक बन्ने सम्भावना छ ।’
गीतसंगीतको पक्षसंगैसंगै आध्यामित्क पक्ष्ँलाई पनि अभियानले बढावा दि“दै आएको समितिका महासचिव इन्द्रमुनी शाक्यले बताए । त्यसैले ज्ञानमाला भजनको माध्यमबाट बुद्धको शान्ति, मैत्री, ज्ञान, शील र ध्यानका उपदेशहरु जुनसुकै स्तरका मानिसहरुले पनि सहजै बुझ्ने र बुझाउने सहज माध्यम बनेको महासचिव शाक्य बताउ“छन् ।

धार्मिक, सांस्कृतिको संरक्षणसंगै महिला समूहको क्रियाशीलतालाई ध्यानमा राखेर त्यस्ता कार्यक्रमको लागि विगत पा“च, छ वर्षदेखि ललितपुर महानगरपालिका सम्पदा शाखाले ५ देखि ७ हजार रुपैया“सम्म सहयोग गर्दै आएको शाखा अधिकृत सविना महर्जनले जानकारी दिईन् ।

गीत संगीतको माध्यमबाट आत्मिक आनन्दसंगै जीवनलाई सकारात्मकतर्फ डोह¥याउने माध्यमको रुपमा ज्ञानमाला भजन अभियानलाई लिनुपर्ने अखिल नेपाल भिक्षुमहासंघका महासचिव भिक्षु कौण्डन्यको धारणा रहेको छ ।‘ यसलाई कर्मकाण्डीको रुपमा लिनुहुन्न ।गीतको मर्मलाई बुझेर त्यसलाई जीवनमा ढाल्ने इच्छाशक्तिले अघि बढ्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्