नमो हारतीको मनुनायोग्य काम



काठमाडौ । बित्तिय संस्था स्थापना गरेर रकम जम्मा गर्ने ऋण दिने र त्यसबाट आएको ब्याजबाट मनग्य आम्दानी गर्ने उदेश्यले मुलुकभर हजारौको संख्यामा बैक तथा बित्तिय संस्था स्थापना गरेको पाइन्छ । यदाकदा केही बित्तिय संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत बर्षमा एक पटक स्कुल कलेज र समुदायमा केही काम गर्ने र आफ्नो उदेश्य पुरा भएको भन्दै रिर्पोट बनाउने समुह भावी भएको देखिन्छ ।

कतिपय संस्थाले सामाजिक उत्तर दायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर आयोजन ागर्ने र त्यसलाई पिकनिक जस्तो बनाउने गरेको देखिन्छ । केही संस्था भने साच्चिकै आफुलाई समुदायमा भिजेर लगानी पनि गर्ने र सामाजिक कामलाई पनि संगै लगेको देखिन्छ । केही युवाहरुको समुहले लगानीसंगै सामाजिक काममा समेत आफुलाई सर्मपति गराउन बिभिन्न किसिमका सामाजिक काम गर्दै आएको देखिन्छ ।

सोल्टीमोडका कार्यालय रहेको नमोः हारती बचत तथा ऋण सहकारी संस्थाले भने बिगत डेढ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको छ । हरेक शनिबार आफ्नै कार्यालय परिसरमा सो संस्थाले ब्लड प्रेसर चेकअप र सुगर चेकअप गर्ने कामलाई तिरन्तरता दिदै आइरहेको छ । ज्योति हस्पिटलको सहकार्यमा हरेक शनिबार सो सहकारीले त्यहां आउने सबै सर्वसाधारणको निशुल्क चेकअप गर्ने र ठुलै समस्या देखा परे अस्पताल सम्म पु¥याउने ब्यवस्था गर्दै आइरहेको छ ।

समाजमा केही गरौ भन्ने भावना बोकेका २५ जना युवाले स्थापना गरेको एचएफएच ग्रुपले नै संचालनमा ल्याएको उक्त सहकारी मार्फत नुवाकोट, धादिङ लगायतका जिल्लामा निशुल्क स्वास्थ्य शिविर समेत गर्दै आएको छ । सो सहकारीले अहिले सम्म २ हजार ५ सयको हाराहारीमा ब्लड प्रेसर चेकअप गरीसकेको छ भने त्यती नै मात्रामा सुगरको पनि चेकअप गरेको संस्थाका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिनुभयो ।

हामीले संस्था मार्फत लगानी मात्र गरेका छैनौ सामाजिक उत्तरदायित्वलाई ख्याल गरेर हरेक शनिबार बिहान ८ बजेखि ९ बजे सम्म निशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्दै आइरहेका छौ उहांले भन्नुभयो ।

मुलुकभर हजारौ बित्तिय संस्था होलान तर ती संस्था भन्दा पृथक भएर हामीले यो सेवा हरेक शनिबार निशुल्क रुपमा प्रदान गर्दै आएका छौ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

नेपालीहरुको जिवन शैलीमा आएको परिर्वतनसंगै स्वास्थ्यमा बिभिन्न समस्याहरु देखा पर्ने गरेको छ तर नेपालीहरु बिरामी नभइ स्वास्थ्य संस्थामा जाने बानी नपरेकाले आफ्नो स्वास्थ्यको हरेक नेपालीले आफ्नो स्वास्थ्यको बारेमा सचेत हुन र कुनै रोगले आक्रमण गर्न लागेको रहेछ भने समयमा नै त्यस्ता रोगको पहिचान गर्न सजिलो होस भन्ने उदेश्यले पनि यो अभियान संचालन गरेको उहां बताउनुहुन्छ ।

यस अभियानलाई जारी राख्दै अन्य क्षेत्रमा समेत यस्ता कार्यक्रम संस्था मार्फत संचालन गर्ने सोच बनाएको पनि उहांले बताउनुभयो । हामीले संस्था मार्फत नै स्वास्थ्य संस्था स्थापना गरेर दिनदुखीकालागि सुलभ मुल्यमा सेवा दिने योजना बनाएको पनि उहां बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्