पुनर्निर्माणको पर्खाइमा ललितपुरका ऐतिहासिक कोट र गढी



सुरेश तामाङ, ललितपुर
कोट मूलतः राज्यको सीमा–सुरक्षानिमित्त बनाइएको किल्ला हो। यसबाहेक उच्च चुचुरोमा रहेको स्थलविशेष पनि हो कोट। यसको अर्थ राष्ट्रको सुरक्षा गर्नु, शहर बसाउनु भनेर कौटिल्यको अर्थशास्त्र तथा मनुस्मृतिमा उल्लेख छ। त्यस्तै, राष्ट्रको सुरक्षाका लागि निर्मित किल्ला वा कोट अत्यावश्यक उपकरण पनि हो।

राष्ट्रको सबलता र व्यवस्थित सुरक्षाका निम्ति लिच्छविकालमा कोट्ट (कोट) का रूपमा कोट बनाइएको बुझिन्छन्।यसरी नेपाली जनजीवनमा ‘कोट’ ९कोट्ट०को ऐतिहासिकता पुरानो देखापरे पनि यहाँ ‘कोट’को विशेष चलन वा व्यावहारिक विकास बाइसे–चौबीसे राज्यकाल ९१५औं शताब्दीतिर०बाट हुन पुगेको इतिहासमा उल्लेख छ। यस समयमा तत्कालीन भुरे टाकुरे राजाहरू बैरी ९शत्रु०बाट संरक्षित हुन आफ्नो मूलथलो ९राजधानी०का पहाडको समुचित टाकुरो छानी त्यहीं ठाउँ ‘कोट’मा राजदरबार–गढी बनाउने परम्परा निकै चलेको, लोकप्रिय बनेको बुझिन्छ।
फेरि कतैकतै मौसम अनुकूल वर्षे र हिउँदे अर्थात् गर्मी र जाडो समय मिलाई कोट र बेंसीमा राजदरबार पनि बन्न पुगे। यस प्रकार ‘कोट’ शब्दार्थको व्यावहारिकता विस्तारित हुँदै गयो र ‘कोट’ डाँडो वा पर्वतको चुचुरो भन्ने अर्थमा मात्र सीमित नभई नेपालका महŒवपूर्ण बस्तीहरूमा समेत जोडिन पुग्यो।

जसमा त्यो बेला ललितपुर जिल्लाका विभिन्न स्थानमा पनि कोट र गढीको ऐतिहासिक विस्तार भएको थियो। हाल त्यस स्थानहरूको महŒव खोज गर्दै आन्तरिक तथा बा≈य पर्यटकका लागि आकर्षण बढाउने प्रयास गरिरहेका छन्। यसका लागि जिल्ला समन्वय समिति ललितपुरले दुई वर्षअघि पर्यटन गुरुयोजनासमेत बनाई प्रयास थालेको छ।

विशंखु कोट
जिल्लामा भएका पर्यटकीय कोटमध्ये एक हो विशंखु कोट। यो साविकको विशंखुनारायण गाविस–९, हाल गोदावरी नगरपालिकामा पर्दछ। यस कोटडाँडामा ऐतिहासिक कोट रहेको छ। समुन्द्र सतहदेखि करिब १ हजार ५ सय मिटर उचाइमा अवस्थित यस क्षेत्रको संरक्षण हुन भने सकेको छैन।

यस क्षेत्रलाई प्याराग्लाइडिङको उडान गर्ने ठाउँका रूपमा पनि विस्तार गर्न सकिन्छ। यो स्थानलाई कोट संरक्षणको कार्यक्रम ल्याएर पर्यटकीय महŒवको स्थानका रूपमा विकास गर्न जरुरी छ। यहाँ मोटरबाटोले समेत जोड्न सकेको छैन।

यसकोट क्षेत्रसँग जोडिएका अतिक्रमित संरचनाहरू हटाउनु आवश्यक देखिएको छ। ऐतिहासिक कोटसँग सम्बन्धित हतियारहरूसमेत संकलन तथा संरक्षण भएको देखिँदैन। कोटडाँडाको सम्बन्ध भएका तथ्यहरूको खोजी गरी प्रचार सामग्री तयार गरी पर्यटक भिœयाउन आवश्यक छ।

लेले कोट
जिल्लाकै अर्को कोट गोदावरी नगरपालिका–६ मा पर्दछ। यस ठाउँलाई कोटडाँडाको नामले समेत चिनिन्छ। समुन्द्र सतहदेखि करिब १ हजार ७ सय मिटर उचाइमा अवस्थित यो क्षेत्र भने कोटको नाम मात्रैको छ। यस क्षेत्रमा कोटको भग्नावशेषसमेत भेटिन मुस्किल छ। काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिने यस क्षेत्रमा कोटको पहिचान गरी संरक्षणको हाताभित्र ल्याउन जरुरी छ। यो स्थानलाई पर्यटकीय महŒवको स्थानका रूपमा विकास गर्न ढिला भइसकेको छ।

छ्यासी कोट
ललितपुर महानगरपालिकाको खोकना डाँडामा पर्ने कोट जिल्लाको अर्को परिचय हो। यसलाई छ्यासीकोट नामले बढी चिनिन्छ।
यहाँबाट पश्चिम बागमतीको बहाव पूर्वमा प्रभावतीको बहाव तथा उत्तरमा हिमशृंखला र दक्षिणमा कार्यविनायक र मच्छिन्द्रनाथसहितको बुंगमती र रुद्रायणी र सिकालीचौरसहितको खोकनाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ। यहाँ अहिले यसलाई पार्क निर्माण गरेर संरक्षण गरिएको छ।
छ्यासीकोटको पार्कलाई वरिष्ठ नागरिक पार्कका रूपमा विकास गर्ने जिल्ला समन्वय समिति ललिपुरले लक्ष्य लिइसकेको छ।

चन्दनपुर गढी
जिल्लाको दक्षिणी भेगमा अवस्थित गढी हो चन्दनपुरगढी। यो साविकको चन्दनपुर गाविस हाल महांकाल गाउँपालिकामा पर्दछ। सातदोबाटोबाट करिब ५२ किमिको यात्रा तय गरी यस क्षेत्रमा पुग्न सकिन्छ। यस क्षेत्र जिल्लाकै ऐतिहासिक सम्पदास्थलका रूपमा परिचित छ।

यो गढी अहिले भग्नावशेषका रूपमा मात्रै रहेको छ। यसलाई संरक्षण गर्नु अति आवश्यक देखिन्छ। समुन्द्र सतहदेखि करिब १ हजार ८ सय ५० मिटर उचाइमा रहेको सो गढीबाट दक्षिणमा तराई र उत्तरमा हिमशृंखला अवलोकन गर्न सकिन्छ। यो गढीनजिकै झाँक्रीगुफा पनि रहेको छ।

हतियारहरूको संग्रहालय स्थापना गर्न हतियार संकलन, कोट र गढीसँग सम्बन्धित सामग्रीहरूको संकलन गरी संग्रहालय स्थापना गर्नु जरुरी छ। हरेक कोट र गढी स्थापना गर्दा शिलालेख राखिने भएकाले ती शिलालेख तथा ताम्रलेखको पनि उत्खनन गराएर अनुवाद तथा पुनर्लेखन गराई सर्वसाधारणमा जानकारी गराउनु पनि त्यत्तिकै आवश्यक छ। यसका लागि सेना, प्रहरी, पर्यटन बोर्ड, पुरातŒव विभागलगायतसँग समन्वय गर्नु जरुरी छ। आन्तरिक तथा बा≈य पर्यटकका लागि प्रचुर सम्भावना बोकेका उक्त कोटहरू र गढीको पुनर्निर्माण गर्नु सरकारको दायित्व हो।

प्रतिक्रिया दिनुहोस्