लोप हुँदै डोटीका पानी घट्ट



विमल बिष्ट, डोटी ।
डोटी जिल्लाका ग्रामिण क्षेत्रमा रहेका पानी घट्टहरु पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । बर्षौ देखी घरेलु उद्योगका रूपमा प्रयोग गरीदै आएका यहाँका पानी घट्टको साटो अहिले बिद्युतिय मेसिन बाट चल्ने उद्योगहरू सन्चालनमा आएपछि रैथाने प पानी घट्ट लोप हुँने अवस्थामा पुगेका हुन ।

पहिले चामल,धान,गहुँ,मकै लगायतका अन्नबालि पिस्नको लागि घट्टको प्रयोग गरिन्थ्यो तर अहिले जताततै बिद्युत बाट सन्चालनहुँने मिल आएपछि पानी घट्ट लोप हुँने अवस्थामा पुगेको गड्सेराका स्थानिय रुपसिंह बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अधिकाँस ठाउमा बिद्युत मिल जडान भएका छन् पानी घट्ट भन्दा छिटो कुटानी,पिसानी हुने भएकाले स्थानीयहरु पानी घट्ट आउनुको साटो मिल तिर जान थालेका छन् ।’

स्थानीय उद्योगको रूपमा परिचित पानी घट्ट अहिले लोपहुने अवस्थामा पुग्दा आफुले सन्चालन गर्दै आएको पानि घट्टा अहिले अन्नबाली पिसानि गर्न पहिलेको भन्दा निकै कम आउने गरेको निरौलीका स्थानिय बहादुरे कामीले बताउनुभयो । उहाँले भन्नभयो, ‘खाद्यन्न २५ केजिको पिसानि गरे बाफत ४ माना पिठो लिने गरेको थिए,अहिले खासै पिसानीका लागि कोही आउदैनन् व्यबसाय नै चौपट भयो ।’

बर्षादको समयमा पानि पर्याप्त हुनाले १ सय २० केजि सम्म पिसानि हुने र हिउदो समयमा ३० देखि ४० केजी सम्मको अन्न पिसानि गर्न धौ धौ हुने गरेको घट्ट सन्चालकको भनाई छ । घट्टमा पिसेको अन्न बढि पोसिलो हुने गरेको उनिहरुको दावी छ । यसरी सन्चालन भएका घट्टहरुलाई डोटीमा भागे घट्टका नामले चिनिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्