लोप हुँदै काठेकोल



विमल विष्ट, डोटी
गुलियो भनेपछि सबै मान्छेको तन मन रसाएर आउछ होला, सबैको जिब्रोमा मिठो स्वादको अनुभव हुन्छ होला तर गुलियोमा पनि गुडको आफ्नै महत्व र बिशेषता छ तर यदाकदा दुर्गम भेगमा मात्र देख्न सकिने स्थानीय जातको उखु र त्यसबाट उत्पादन गर्न सकिने स्थानीय गुड आजभोली प्राय लोप हुन थालेको छ ।

परम्परा देखि उपभोग गरिदै आएको स्थानीय स्वाँद र बिशेषताले भरिपूर्ण गुड अब बिरलै देख्न र चाख्न पाईन्छ भन्ने कुरामा सायद सबैको एक मत देखिएका बेला डोटी जिल्लाको बडीकेदार गाउँपालिकाका बिभिन्न वडाहरुमा भने आज भोली उखु कृषकहरु स्थानीय गुड प्रशोधन र उत्पादनमा व्यस्त छन ।

बारीमा प्रसस्तै उखु छ,गाउँभरि उखु जताततै छ । करिब तिसपैतिस परिवारले उखु लगाएका छन, लोप हुदै गईरहेको कोल्हु पनि गाउँमा छदैछ,काम पनि त्यति छैन घरका सबै जहानपरिवारले रमाईलो गर्दै कोल्हु घुमाउदै उखु पेल्दै व्यस्त छन । हिउदका खाली दिनहरुमा उखु पेलेर आम्दानीको बाटो पनि बनाउनु छ । मनग्यै आयआर्जन पनि गर्नु छ तर बजार छैन स्थानीय हिक्मतबहादुर चन्दले भन्नु भयो,‘शहर बजारको गुडले हामीलाई घाटा गरीरहेको छ,सबै बजारकै गड किन्छन् तर हामीले गुड वनाउन छोकेका छैनौ ।’

उखु कृषक प्रकाश जोशीले भने पर्यटकहरुका लागि पनि गन्तव्य बन्न सक्ने र लोभ्याउन सकिने गुणकारी गुडलाई स्थानीय श्रोतसाधनको सदुपयोगका साथै कृषकहरुको जीवनपद्धतीमा समेत सुधारको आशा गर्न सकिने एक खालको कृषि उपजलाई व्यबस्थित गर्न नसकिएको कारण स्थानीयस्तरमै सिमित रहेको छ र प्रसस्त गुड उत्पादन गर्न सकिने संभावना हुदाहुँदै पनि बजारको उचित व्यवस्था नभएका कारण उपभोक्ताले आयातित गुडको प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ ।

शरिरलाई न्यानो पार्ने र स्वास्थ्यलाई आवश्यक चिज मध्ये गुलियो पदार्थको रुपमा हिंउँदमा बढि जसो खाने गरिन्छ । बिभिन्न गुणस्तर तथा प्रकारको भनिने तराईबाट आउने गुडभन्दा सैंयौं गुणा स्वास्थ्यबद्र्धक स्थानीय गुड यहाँका गाउँघरमा प्रसस्त छ तर उत्पादित गुड जिल्ला सदरमुकाम सम्म पनि प्रचारप्रसारको लागि आउन सकेको छैन ।

स्थानियका अनुसार उखुलाई कोल्हुमा पेलेर स्थानीय भाँडा ताउलामा पकाएर एक ताउलाबाट २० देखि २५ किलोग्राम सम्म गुडका साना साना भेल्लीहरु अथवा खोडीहरु तयार गरि गाउँभरि करिब ७०÷८० ताउला गुड पक्छ । प्रति केजि रु. १०० को दरले बिक्रि पनि हुने गुड एक परिवारले कम्तीमा चारपाँच ताउला पकाउने गरेको अर्का स्थानिय प्रकाश कलेलले बताउनुभयो । सुदूरपश्चिमको ग्रामीण क्षेत्रमा पुर्खौं देखि लोकप्रिय रहदै आएको छुट्टै पहिचानमूलक उत्पादन र जनजीविकाको लागि उपलबधीपूर्ण संभावना भएकोले स्थानीय गुड उत्पादनलाई प्रोत्साहित र प्रबद्र्धन गर्न सके जिल्लाको कृर्षि विकासमा महत्वपूर्ण टेवा पुग्ने कृषकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्