सिके राउतसहित अन्य ४ कार्यकर्ताविरुद्ध मुद्दा चलाउने तयारी 



शिवहरीप्रसाद भट्टराई, राजविराज ।
डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठवन्धनका ४ जना कार्यकर्तालाई सप्तरी प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।
राजबिराज नगरपालिका ११ फर्सेटका २३ वर्षिय श्याम कुमार यादव, १९ वर्षिय सरोज कुमार यादव, सप्तकोशी नगरपालिका १० का १९ वर्षिय अबिनास पण्डित र तिलाठी कोईलाडी गाउँपालिका २ का २८ वर्षिय शुशिल मण्डललाई वालवालिका ऐन २०७५ अन्तर्गत ‘वालवालिका दुरुपयोग कसुर’ मा मुद्दा चलाउन लागिएको हो ।

बलिदान दिवस मनाउने क्रममा शनिवार चारै जनालाई राजविराज ११ स्थित झलही पुल आसपासवाट पक्राउ गरिएको थियो । उनीहरुको साथवाट ‘फ्रि मधेश’ लेखिएको व्यानर वरामद भएको एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

उनीहरुले विद्यालय जाने उमेरका वालवालिकालाई प्रलोभनमा पारेर कार्यक्रममा सहभागि गराएको पाईएपछि पक्राउ गरिएको उनले वताए ।

उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्