रामेछापमा बस दुर्घटना, दुईको मृत्यु, २४ घाइते



रामचन्द्र वि.क., रामेछाप ।
ओखलढुङ्गाको घोराखोरीबाट काठमाण्डौका लागि छुटेको यात्रुबहाक बस रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीमा आइतबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको चम्पदेबी–६ फुलबारी का ३६ वर्षिय ओम कार्की र रामेछाप जिल्ला मन्थली–५ का ३२ वर्षिय निरज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । घाइते सबैको सनाखत भएको छ ।

घाइते हुनेमा रामेछापको मन्थली नगरपालिका–५ का अजय भुजेल, गौतम भूजेल, नारायाण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, मन्थली–६ की गंगा खत्री, पुस्कर कार्की, रामेछाप नगरपालिका– ४ का इश्वर महत, लिखुतामाकोशी गाउँपालिकाका पदमध्वोज बस्नेत रहेका छन् ।

त्यस्तै ओखालढुङ्गा जिल्लाको चम्पदेबि– ५ का नवराज पाण्डे, एजिला भुजेल, चम्पदेबी– ६ का खड्ग बहादुर भुजेल, यशोदा भुजेल, सरस्वाती तामाङ, जोन तामाङ, चम्पदेबी–८ का भिम बहादुर गुरुङ, चुलराम श्रेष्ठ, रानीवन–१० का अर्जुन तामाङ, चम्पदेबी– ९ का शुशिल श्रेष्ठ, लोई माया श्रेष्ठ र चम्पादेबी भदौरेकी चिनमाया माझी रहेकी छिन् ।

त्यस्तै बर्दिया जिल्ला बाँसबारी नगरपालिका– ३ बेलुवापूरका कालीराम थारु, रामऔतर थारु, र बलदेब थारु रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख अमरेन्द्र बहादुर सिंहले जानकारी दिए । घाइतेहरुको रामेछाको मन्थली स्थित तामाकोशी सहकारी अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था चिन्ताजनक रहेका सिंहले जानकारी दिए ।

ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान लागेको बा४ख४२१० नम्बरको अरनिको यातायातको सुपर बस ब्रेक फेलभई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

ओरालो कालोपत्रे सडकमा गुडिरहेको बसको एक्कासी ब्रेक फेलभएपछि चालकले दुर्घटना हुनबाट जोगाउँन सडकको भित्तातिरको गल्छीमा बस उकालेका थिए । बस दुर्घटना हुनबाट जोगाउँन गल्छीमा उकाल्दा बस पल्टिएको थियो । बस चालक मन्थली– ८ का पुर्ण बहादुर माझीलाई प्रहरीले नियान्त्रणमा लिएर दुर्घटनाको बारेमा अनुसन्धन गरीरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्