इलामको खास खुलासा



पहाडकी रानी, नकुँदिएको हिरा भनेर कहलिएको, प्राकृतिक स्रोत साधनले सम्पन्न, आयआर्जनका अनेक उपाय अंगालेको सुगम जिल्ला इलाम नचिन्ने विरेलै होलान् । प्रधानमन्त्री, सभामुख, दर्जनौ मन्त्री अनि बाक्लै नेता जन्माइसकेको जिल्ला राजनीतिक वृत्तमा पनि उपल्लो दर्जामा अटाउँछ क्यार ।

जिल्ला राम्रो नेता उस्तै तर यस्तो सम्पन्न जिल्ला स्वास्थ्य उपचारका मामलामा भने निकै विपन्न पो रैछ । डा. केसी इलाममा अनसन बसेर अईअई.. भएसी थाहा भो जिल्ला अस्पतालमा त आइसीयु कक्ष नै पो रैनछ । केसी इलाम नपुग्या भए अझै कति वर्ष यो कुरो न धरहरालाई थाहा हुन्थ्यो नत केसीका समर्थक अनि विरोधीलाई ।

जिल्लाका वरिष्ठ नेता र पूर्व मन्त्रीहरु धेरै विजी, उनीहरुको व्यस्तता भनिसाध्य छैन । उनीहरुले त जिल्ला अस्पताल स्तरउन्नती गर्ने, जटिल स्वास्थ्य उपचार जिल्लामा गर्ने÷गराउने कुरो सपनामा पनि सम्झिन भ्याएनन् । आइसीयु धेरै परको कुरा । जिल्ला अस्पतालमा डाक्टरको ताल पनि उस्तै हुन्छ भन्ने सुनिन्छ । चिकित्सकको दरवन्दी पुरा भयो, विशेषज्ञ डाक्टरको छेलोखेलो छ भन्ने कहिल्यै सुनिएन ।

आइसीयुको खाँचोले गर्दा इलामबासी मात्रै होइन अन्य छिमेकी जिल्लाबासीले पनि छिमेकतिर बर्षेनी राम्रै आइसी खर्च गर्नु परेको खास खुलासा भएको छ । अहिले केसीले इलामको खास परिचय खोलेपछि नेताज्यूहरुको के छ कुन्नी प्रतिकृया ?

प्रतिक्रिया दिनुहोस्