ग्रामिण विद्युतीकरण साझेदारी स्वीकृत



ef8fsf] 3/df sfof{no ;+rfng ul//x]sf] b}n]vsf] e}/aL ufpFkflnsfsf] sfof{no . pQm ufpFkflnsfdf lhNnfd} klxnf] k6s ;fd’bflos u|fld0f ljB’tLs/0f ;fem]bf/L sfo{qmd g]kfn ljB’t k|flws/0fn] :jLs[t u/]sf] 5 . tl:j/ M lxSdt axfb’/ g]kfnL, b}n]v -b’Nn’_, s0ff{nL k|b]z /f;;

हिक्मत नेपाली, दैलेख ।

गत मंसिर पहिलो साता दैलेखमा आयोजित एक कार्यक्रममा दैलेखका एघार वटै स्थानीय तहका प्रमुखहरुले दैलेख उज्यालो बनाउन ग्रामिण विद्युतीकरण साझेदारी गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नेपाल विद्युत् प्राधिकरण, सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालले प्रतिनिधिसभा र प्रदेशसभाका सांसद तथा स्थानीय तहका प्रमुख–उपप्रमुखसँग गरेको छलफलमा स्थानीय तहले उक्त साझेदारी गर्न तयार भएका थिए । दैलेख उज्यालो बनाउन जिल्लाका ११ स्थानीय तहले सामुदायिक ग्रामीण विद्युतीकरणका लागि साझेदारी गर्ने भएका थिए ।

सोहि अनुरुप जिल्लामै पहिलो पटक भैरवी गाउँपालिकाको साझेदारी कार्यक्रम स्वीकृत भएको छ । गाउँपालिकाले अगाडी सारेको सामुदायिक ग्रामिण विद्युतीकरण साझेदारी कार्यक्रम नेपाल विद्युत प्राधिकरणले स्वीकृत गरेको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले जानकारी दिनुभयो । उक्त कार्यक्रम स्वीकृत हुने भैरबी गाउँपालिका मुलुकको पहिलो स्थानीय तह भएको अध्यक्ष बुढाको भनाई छ । साझेदारी कार्यक्रम स्वीकृत भएसंगै दैलेख उज्यालो बनाउने अभियान सोहि गाउँपालिकाबाट सुरु भएको छ ।

साझेदारी कार्यक्रम स्वीकृत भएसँगै चालु आर्थीक बर्षमा भैरबी गाउँपालिकामा १० करोड ३१ लाख ४७ हजार बराबर बजेटको विद्युतीकरण कार्य सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । सामुदायिक ग्रामीण विद्युतीकरणका लागि साझेदारी कार्यक्रम अन्तर्गत १० प्रतिशत रकम विनियोजन सहित आवश्यक अन्य प्रक्रिया पुरा गरेमा ९० प्रतिशत लगानी सरकारको गर्छ । सोहि व्यवस्था अनुसार भैरबी गाउँपालिकाको तर्फबाट बिनियोजित रु १ करोड ३ लाख १४ हजार ७ सय ९३ र नेपाल सरकारको तर्फबाट प्राप्त रकम सहित गरि १० करोड ३१ लाख ४७ हजार ९ सय ३१ को लगानिमा उक्त गाउँपालिकामा विद्युतीकरण कार्यक्रम अगाडी बढाइने गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो ।

भैरबी गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरेसंगै पहिलो पटक कार्यक्रम स्वीकृत भई विद्युतीकरण काम अघि बढाउने तयारी गरिएको सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले बताउनुभयो । उहाँले दैलेखका अन्य स्थानीय तहले आवश्यक प्रक्रिया पुरागरि आएमा उक्त स्थानीय तहमा पनि ग्रामिण विद्युतीकरण साझेदारी कार्यक्रम सुरु गर्न सकिने बताउनुभयो ।

गत पुस १८ गते बसेको भैरबी गाउँपालिकाको कार्यपालिकाको बैठकले ग्रामिण विद्युतीकरण साझेदारी कार्यक्रमका लागि गाउँपालिकाले रु १ करोड बजेट विनियोजन गर्ने निणर्य सहित गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा ११ सदस्यिय विद्युत वितरक कार्यसमिति समेत गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्