पुरानोको दाँजोमा नयाँको माग



नयाँ दिल्ली, (एजेन्सी)
भारतमा हुने आगामी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ खेलाडीको भाउ आकासिँदा पुराना खेलाडीको मूल्य खस्केको छ । हालै भएको खेलाडी अक्सनमा भारतका युवा खेलाडी २५ वर्षीय शिवम दुबेलाई करोडौ रकममा किनियो । उनको २० लाख बेस प्राइस थियो । तर रोयल च्यालेन्जर्स बैंगलोरले उनलाई ५ करोड भारुमा किनेको छ ।

शिवमले जहाँ ५ करोड मूल्य लिइरहँदा भारतका धुरन्धर खेलाडी युवराज सिंहलाई भाउ नै दिएन । १ करोडको बेस प्राइसमा रहेका उनी अक्सनमा अन्तिम समयमा विकेका थिए । शिवम मुम्बईका अलराउन्डर हुन् । दायाँ हाते मिडियम फास्ट बलर र बायाँ हाते ब्याटसम्यान शिवमको आईपीएलमा इन्ट्री त्यसै भएको होइन् ।

आईपीएल अक्सन हुन अघिल्लो दिनमा शिवम्ले जोरदार प्रदर्शन गरेका थिए । उनले एक ओभरमा गरेको ब्याटिङले नै आईपीएलमा उनको इन्ट्री भएको हो । बडौदाविरुद्ध उनले रणजी ट्रफीको खेल खेलेका थिए । जसमा उनले स्वप्निल सिंहको एक ओभरमा लगातार ५ छक्का प्रहार गरेका थिए । यसले भारतीय मिडियामा उनको वाहवाही भयो । अक्सनमा उनको भाउ छक्का झै आकासियो ।

शिवमले लंग अन र मिड विकेट क्षेत्रमा लक्ष्य बनाएर ५ छक्का प्रहार गरेका थिए । तर उनले रवि शास्त्रीको कीर्तिमानसँग बराबरी भने गर्न सकेनन् । छैटो तथा अन्तिम बल लेग साइडमा फ्यालिएपछि उनले छक्का प्रहार गर्न सकेनन् । शास्त्रीले रणजी ट्रफीमा एकै ओभरमा ६ छक्का पं्रहार गरेको कीर्तिमान राखेका छन् । जुन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।

अग्ला कदका शिवमले पछिल्लो एक वर्षमा आफनो प्रदर्शनबाट सबैको ध्यान तानेका छन्। मुम्बई टी २० लिगमा उनको प्रदर्शनलाई सबैले सराहनीय गरेका छन् । यो लिगपछि उनको राम्रो प्रदर्शन जारी रह्यो । अग्ला भएकाले उनले क्रिजमा टिकेसम्म लामो प्रहार गर्ने क्षमता राख्दछ । त्यस्तै बलिङमा पनि उनले धेरै सुधार गरेका छन् ।

विजय हजारे ट्रफीको जितमा शिवमको भुमिका अहम रह्यो । मुम्बई टी–२० लिगमा उनले प्रवीण ताम्बेको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । रणजी ट्रफीमा पनि यो कारनामा उनले दोहो¥याए तर अन्तिम बलले उनलाई धोका दियो ।

आईपीएल अक्सनमा जयदेव उनादकटलाई पनि लगातार महगो दाममा बोली लगाएको छ । यसपटक उनको मूल्य ८.४ करोड भारुमा पुगेको छ । गत संस्करणमा उनलाई ११.५ करोड भारुमा किनिएको थियो । राजस्थान रोयल्सबाट खेलेका जयदेवले यस सिजनमा पनि उक्त टोलीबाटै खेल्नेछन् ।
यसैगरी ५ करोड भन्दा बढी मूल्यमा विक्री हुनेमा वेस्ट इन्डिजका साम कुरान पनि रहेका छन् । किंग्स इलेभेन पन्जाबले उनलाई ७.२ करोड भारुमा किनेको छ । दिल्लीले कोलीन इन्ग्रामलाई ६.४ करोडको मूल्यमा किन्यो । वेस्ट इन्डिजका अर्का खेलाडी शिमरान हेटमेयर ४.२ करोडमा बिके ।

जबकी उनको बेस प्राइस ५० लाख थियो । उनलाई रोयल च्यालेन्जर्सले विश्वास गरेको हो । यस्तै चेन्नई सुपरकिंग्सले मोहित शर्मालाई पांच करोडमा किनेको छ ।

वरुण चक्रवर्तीलाई किंग्स इलेभेनले विश्वास गरी ८.४ करोड भारुमा किनेको छ । तमिलनाडुका वरुण १३ वर्षदेखि नै क्रिकेट खेल्न शुरु गरेका थिए । १७ वर्षको उमेरसम्म उनी विकेटकीपर ब्याट्सम्यान थिए । पछि घुँडाको चोटका कारण उनी स्पिनर बलर बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्