आयूर्वेद औषधालय बनाउन चार रोपनी जग्गा दान



नेपाल समाचारपत्र, पर्वत
राम्जादेउराली आयूर्बेद औषधालयको भवन बनाउन स्थानीयले जग्गादान गरेका छन् । २०७२ सालमा स्थापना भएको औषधालयको आफ्नै जग्गा र भवन नभएपछि स्थानीयले भवना बनाउन जग्गादान गरेका हुन् । मोदी ७ का ६ जनाले औषधालय निर्माणका लागि ४ रोपनी जग्गा दान गरेका हुन् ।

राम्जा पँधेरापारीका यदुप्रसाद पौडेलले २ रोपनी ९ आना ३ पैसा २ दाम, पार्वती शाहीले १५ आना २ पैसा १ दाम, विजुला शर्माले २ आना १ पैसा २ दाम र र यमनाथ पौडेल, सुननारायण पौडेल ,जिवनाथ शर्मा र यदुप्रसाद पौडेलले पनि संयुक्त जग्गामध्येको ४ आना जग्गा दान गर्नुभएको राम्जादेउराली आयूर्बेद औषधालयका प्रमुख कविराज प्रकाशचन्द्र सुबेदीले जानकारी दिनुभयो ।
सञ्चालन तथा व्यवस्थापन समितिको निरन्तर प्रयास, जनप्रतिनिधीहरुको चासो र स्थानीयबासीहरुको सक्रियतामा संस्थाको नाममा पास गरिएको सुबेदीले बताउनुभयो । भवन मागका लागि माथिल्लो निकाय सम्म पहल शुरु भएको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष बसन्तकुमार गुरुङले बताउनुभयो ।

दुईजना प्राविधिक कर्मचारी र दुई जना अन्य कर्मचारी सहित औषधोपचार सेवा दिँदै आएको यो औषधालयमा सर्वसाधारणहरुले सेवा लिन सहज भएको बताउँछन् । तर, भवन नहुँदा व्यवस्थापनमा भने समस्या रहेको थियो ।
भवन बनेपछि औषधालयमा उपचार कक्ष, औषधी भण्डारण कक्ष, पञ्चकर्म कक्ष, पञ्चकर्म कक्ष, पूर्वकर्म कक्ष। स्ट्रिम वाथ , शिरोधारा, व्यायम सेवा प्रदान गर्न सकिने सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले समेत उक्त संस्थालाई स्तरउन्नती गर्न पहल गरिरहनुभएको छ ।

यो औषधालयमा राम्जाका अलवा, चित्रे, तिलाहार, कुश्मा नगरपालिका ११ पकुवाका विरामीहरुले उपचार पाउने गरेका छन् । पेट, नशा, वाथ, पिनास, पायल्स, स्त्रीसम्बन्धि रोगको उपचारका लागि दैनिक २० जना जति बिरामी आउने गरेको बैद्य रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । पछिल्लो समय आयूबेर्दिक उपचार प्रति नागरिकको विश्वास बढ्दै गईरहेको अवस्थामा आयूर्बे्दिक उपचार सेवालाई प्रभावकारी बनाउन राम्जाका बासिन्दा कस्सिएका हुन् । पर्वतमा जिल्ला अयूबेर्दिक स्वास्थ्य केन्द्र फलेवास सहित शंकरपोखरी, हुवास, सेतीबेनी र राम्जामा आयूबेर्दिक औषधालय सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्