पुनःनिर्माण बुझ्न पाटन पुगे प्रधानमन्त्री



– सुनील महर्जन
पाटन दरबार क्षेत्रका सम्पदाको पुनःनिर्माण कार्य थाल्दा बाहिर खासै प्रचारप्रसार गरिएको थिएन ।भँकम्पपछि काठमाडौं उपत्यका संरक्षण कोषले हल्ला नगरी चुपचाप पुनःनिर्माणको कार्य थालेको थियो ।सो कार्यबारे जनस्तरले थाहा पाउने माध्यम बन्यो, मुलुकको कार्यकारी प्रमुखको अवलोकन ।

प्रधानमन्त्री ओलीलाई पाटन पु¥याउने सन्र्दभ थियो, २१ औं भँकम्प सुरक्षा दिवस, । प्रधानमन्त्री ओली बुधबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको औपचारिक कार्यमा सहभागी हुनुभन्दा अघि पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए ।एक घण्टासम्म उभिएर पुनःनिर्माण सम्पन्न भइसकेका र भइरहेका सम्पदा हेर्न उनको स्वास्थ्य बाधक देखिएन ।प्रधानमन्त्री ओलीले दरबार क्षेत्रको महारानी पोखरीमा निर्माण भइरहेको भाईदेगःबाट अवलोकन शुरु गरेका थिए ।

१९९० सालको भँकम्पमा भाइदेगः मन्दिर भत्किएको थियो । त्यसपछि परम्परागत वास्तुकलामा ध्यान नदिई मन्दिर बनाइएको थियो ।२०७२ सालको भँकम्पले सो मन्दिर लडेपछि १९९० साल भन्दा अघिल्लो शैलीमा सो मन्दिर पुनःनिर्माण भइरहेको छ ।दुई वर्षअघि सो मन्दिरको पुनःनिर्माण थालिएको हो । सो मन्दिरको पुनःनिर्माणमा अहिले काठका थाम, ढोका, बुट्टा बनाउने काम सकिएको छ। पाटन दरबार क्षेत्रमै मन्दिरका २२ वटा टुँडाल पनि भेटिएपछि मन्दिर पहिलेकै शैलीमा बनाउन थालिएको कोषका निर्देशक रोहित रञ्जितकारले प्रधानमन्त्री ओलीसमक्ष जानकारी दिए ।

एक घण्टासम्म उभिएर पुनःनिर्माण सम्पन्न भइसकेका र भइरहेका सम्पदा हेर्न उनको स्वास्थ्य बाधक देखिएन ।प्रधानमन्त्री ओलीले दरबार क्षेत्रको महारानी पोखरीमा निर्माण भइरहेको भाईदेगःबाट अवलोकन शुरु गरेका थिए ।

भूकम्पले क्षतिग्रस्त पाँच सम्पदा कृष्णमन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर पुनःनिर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण कोषले लिएको थियो । त्यसमध्ये मणिमण्डपका दुई पाटी, कृष्णमन्दिरको पुनःनिर्माणको कार्य सम्पन्न भइसकेको छ ।

त्यसपछि प्रधानमन्त्री ओलीले चार नारायण मन्दिर र कृष्णमन्दिरको अवलोकन गरे । चार नारायणको जग भने मजबुत अवस्थामै रहेकाले दुई जगको भित्तामा इँटा थपेर मर्मत गरिरहेको छ । भँकम्पबाट कृष्ण मन्दिर र विश्वेश्वर मन्दिर नढले पनि संरचनामा भने क्षति पुगेको थियो। कृष्ण मन्दिरको दोस्रो तहका चारै कुनाका ढुंगा र कुँदिएका अरु ढुंगाहरू पनि फेरेर पुनःनिर्माण गरिएको थियो । भँकम्पले दक्षिणतर्फ ढल्किएको विश्वेश्वर मन्दिर सीधा पार्न नसकिएकाले रेट्रोफिट (प्रबलीकरण) गरिएको छ ।


मंगः हिटी (ढुंगेधारा) जाने दायाँबायाँको दुई मणिमण्डप, पाटी, पाटन संग्रहालय, सुन्दरी चोकको अवलोकन गर्दै त्यसबारे जिज्ञासा राखिएको थियो । मँलचोकको तलेजु मन्दिर र सुन्दरीचोकको पँर्र्वी भागको पनि काम सकिसकेको छ । दरबार क्षेत्रमा नै रहेका चार नारायण मन्दिर र हरिशंकर मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । निर्देशक रञ्जितले भने, ‘यी स्मारकको काम सकिन अझै दुई वर्ष लाग्नेछ ।’

पुराना काठलाई सम्पदा अनुसार वर्गीकरण गरी काम नै नलाग्ने बाहेककालाई पुनः प्रयोग गरिएको छ ।सम्पदामा प्रयोग भएका पुराना काठ सकेसम्म संरक्षण गरी उपयोग गर्ने नीति बनाइएको कोषका निर्देशक रोहित रञ्जितकारले बताए । बिग्रेको, भाँचिएको काठ पनि मर्मत हुने सम्मका बनाउँदैछौंँ, भाँचिएर बाँकी भएका काठलाई स्टील पाता, काँटीले नयाँ काठमा गाँसेर प्रयोग गरिएको पनि उनको भनाई रहेको छ ।

सम्पदा पुनःनिर्माणमा आवश्यक सहजीकरण गरिरहेको बताउँदै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भिमसेन मन्दिर स्थानीय अगुवाईमा बन्न लागेको जानकारी दिए ।महानगरपालिका प्रमुख महर्जनले प्रधानमन्त्री ओलीलाई ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनको नेतृत्वमा भिमसेन मन्दिर पुनःनिर्माण हुन लागेको जनाउँदै भने ‘यस कार्यमा सबैको सहयोगको खाँचो छ ।’

भिमसेन मन्दिर जुनसुकै बेला भत्किन सक्ने अवस्थामा रहेको छ । पुनःनिर्माणमा चार करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक आकंलन गरिएको छ । अहिले ‘सीड मनि’ को रुपमा ललितपुर उद्योग वाणिज्य संघले १० लाख रुपैयाँ राखिसकेको संघका अध्यक्ष महर्जनले बताए । मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पँर्ण खर्च ललितपुर महानगरपालिका, स्थानीय व्यवसायी र दाताहरुको सहयोगमा उद्योग वाणिज्य संघले गर्ने पनि घोषणा गरिसकेको छ ।


सम्पदाहरुको पुनःनिर्माणसंगै पर्यटकहरु आईरो लाग्न थालेको स्थितिमा प्रधानमन्त्रीको भ्रमणले पर्यटनहरुको आगमनलाई अझै हौस्याएका पर्यटनविद् दिलेन्द्र श्रेष्ठले बताए । पुरानो जिल्ला अदालत भवन पनि स्थानीय वा कोषबाट पुनःनिर्माणका लागि पहल भईरहेको पनि श्रेष्ठले बताए । अहिले सो भवन बनाउन सरकारले भारतीय राजदँतावासलाई प्रस्ताव गरिएको छ । सो प्रस्ताव फिर्ता लिएर स्थानीय वा कोषलाई पुनःनिर्माण गर्ने जिम्मा दिन लागि पुनःनिर्माण प्राधिकरणसंग ताकेता गरिररहेको पनि श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भँकम्पले क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण कार्यले गति लिएको खुशी व्यक्त गरे । ‘भँकम्पले पीडा, क्षतिसंगै शिक्षा पनि दिएको छ । भँकम्पले दिएको शिक्षालाई आत्मसात गरेर अघि बढ्नुपर्ने खाँचो छ ।’ प्रधानमन्त्री ओलीले भने ।

सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई प्राथमिकता दिइरहेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले भने ‘पुनःनिर्माणलाई गति दिनका लागि जनप्रतिनिधि, स्थानीय तह, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जनता सबैको भँमिका छ ।’

भँकम्पले कला, संस्कृति सम्पदामा नकारात्मक असर पारेको बताउँदै ती राष्ट्रिय धरोहरलाई उठाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोेड दिए ।गत वर्ष बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन दरबार क्षेत्रका अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्