छोटेहरुको छोटो चित्त



केही दिन अघि विशिष्ठ व्यक्तिहरुको मर्यादाक्रम सार्वजनिक ग¥यो । राष्ट्र प्रमुखदेखि राजनीतिको उपल्लो तहमा रहेका मात्रै निकै तल्लो पदिय हैसितमा रहेकाहरु मर्यादाक्रममा अटाएका छन् । तर मर्यादाको सूचिमा पूर्व राजा र राजपरिवार अटाउन नसकेको देख्दा वर्तमान सरकारको छाती कत्रो रैछ भन्ने प्रष्ट भाछ ।

पूर्व राष्ट्रपति, मन्त्री, सांसद अनि धेरै पूर्वहरुलाई अटाउन हिम्मत गर्ने सरकारले राजपरिवारलाई चटक्कै कसरी विर्सन सक्या होला, धरहरा मात्रै होइन अन्य धेरैलाई अचम्म लाग्या छ । केही दिन अघि पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा पीए ओलीले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नसकिने बताए ।

तर कम्रेड ओलीको बोली र व्यवहारमा तालमेल हैन जालझेल प्रष्टै देखियो । हैन भने पृथ्वीनारायणका सन्ततीको मर्यादाक्रममा किन विभद् ? धरहराले राजपरिवारको जयजयकार गाउन खोज्या होइन, गणतन्त्रका धेरैथरी श्रीपेज विनाका छोटेराजाहरुको चकचकीप्रति असन्तुष्टी पोख्या मात्रै हो ।

अनि मर्यादाक्रम मान राख्ने गरीको भए पो चित्त बुझाउनु ? प्रमुख जिल्ला अधिकारी भन्दा गाउँपालिका अध्यक्ष माथिल्लो तहमा अटाउने सरकारको मर्यादाक्रमलाई के भन्ने र खै ?

प्रतिक्रिया दिनुहोस्