सेरेना दोस्रो चरणमा



मेलबर्न, (एजेन्सी)
करियरको २४औं ग्रान्डस्लाम उपाधि लक्ष्य राखेकी सेरेना विलियम्स अस्टे«लियन ओपनअन्तर्गत दोस्रो चरणमा पुगेकी छन् । मंगलबार मेलबर्नको रड लेभर एरेनामा भएको खेलमा सेरेनाले जर्मनीकी टाटयाना मारियालाई केवल ४९ मिनेटमै पराजित गरिन् । उनले सो खेल ६–०, ६–२ ले जितेकी थिइन् । दुई वर्ष अगाडि गर्भवती भएको समयमा उनले २३औं ग्रान्डस्लाम उपाधि हात यही हात पारेकी थिइन् ।

यस्तै उनकी दिदी भेनस पनि मीहाइएला बुजारनेस्कुलाई ६–७, ७–६, ६–२ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरिन् । यसैगरी मेन्स सिंगल्सका नम्बर एक खेलाडी नोभाक जोकोभिचले पनि पहिलो चरण पार गरेका छन् । सातौं पटक अस्टे«लियन ओपन जितेर कीर्तिमान राख्ने तरखरमा रहेका जोकोभिचले मिचेल कु्रएगरलाई ६–३, ६–२, ६–२ ले हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्