सिद्धार्थ बैंकको एकै साथ ८ नयाँ शाखा



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले एकै साथ ८ स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको धनेश्वर, बालुवाखानी, हात्तिगौडा, फर्पिङ, इचंगुनारायण, कीर्तिपुर, भक्तपुर जिल्लाको मध्यपुर ठिमी साथै बर्दिया जिल्लाको बाँसगढीमा एकैपटक नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पँर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले देशभर १३७ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, १४२एटीएम र १,२०० भन्दा बढी पीओएस मेसिनमार्फत् बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्