आमाको अन्तिम वाक्यांशले क्यान्सर विशेषज्ञ नै बनायो



–डा. राजेन्द्र बराल

घरभरी क्यान्सरका बिरामी सम्हाल्दा सम्हाल्दै चिकित्सक बन्नुभएका व्यक्तित्व आमाको अन्तिम वचन पूरा गर्ने प्रतिबद्धता इमानदारीपूर्वक पालना गरेकै कारण आज क्यान्सर उपचारका क्षेत्रमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अंकोलोजिस्ट हुनुहुन्छ। आमालाई क्यान्सर रोगले च्याप्दाको दुःखद अवस्थामा पढाइलाई छोड्न बाध्य हुनुभएको व्यक्ति आमाको देहावशानपछि पुनः पढाइलाई निरन्तरता दिएकै कारण आज विश्वसामू वरिष्ठ क्यान्सर रोग विशेषज्ञका साथ दक्षिण एसियाका ८ वटा मुलुकको नेतृत्वकर्ता हुनुहुन्छ। उहाँको हसिलो अनुहार र सहयोगी भावना देख्दा बिरामी र बिरामीका आफन्तलाई लाग्न सक्छ उहाँ आफू पीडित हुनुहुन्न। त्यसैले त मनमा कुनै चिन्ता नलिइकन सम्झाउन सक्नुभएको छ। तर उहाँको परिवारमा ६० जनालाई क्यान्सर भएको कल्पनै गर्न नसकिने पीडा छ।

यही पीडाले नै उहाँलाई बिरामी र बिरामीका आफन्तसामू पुग्दा हँसिलो अनुहारले व्यवहार गर्न सिकायो। उहाँको बोली र व्यवहारकै कारण बिरामीको आधा रोग बिर्साउँछ। उहाँको यही अनुभवले आज हजारौं बिरामीले उपचार पाएका छन्। उहाँ बिरामीका लागि अहोरात्र सिक्न, सिकाउन र उपचार गर्न तल्लीन हुनुहुन्छ।

उहाँ अहिले नर्भिक अन्तर्राष्ट्रिय अस्पताल थापाथली र ओम अस्पताल एन्ड रिसर्च सेन्टर चाबहिल काठमाडौंमा आबद्ध हुनुहुन्छ। यसका साथै अन्तर्राष्ट्रिय निकाय दक्षिण एसियाली क्यान्सर महासंघ र क्यान्सर महासंघ नेपालको अध्यक्षसमेत हुनुहुन्छ। त्यसै गरी दक्षिण कोरियाको राष्ट्रिय क्यान्सर सेन्टरको भिजिटिङ प्रोफेसर पनि हुनुहुन्छ। अर्बुद्धरोग निवारण संस्थानका उपाध्यक्ष, राष्ट्रिय एसियन क्यान्सर सन्धी केन्द्रका कार्यकारी सदस्य, दक्षिण एसियाली क्यान्सर पुस्तकका क्षेत्रीय सम्पादक, विनय यात्रा स्थापना केन्द्र अमेरिकाका माननीय सदस्य तथा नेपालका अध्यक्षसमेत हुनुहुन्छ। भक्तपुर क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, रोटरी क्लब अफ दरबारमार्ग डिस्ट्रिक ३२९२ नेपालका संस्थापक अध्यक्ष प्राडा राजेन्द्रप्रसाद बरालसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले क्यान्सर रोग के हो र कसरी बच्ने भन्नेबारेमा गरेको कुराकानीको सारसंक्षेप यसप्रकार रहेको छ ः–

क्यान्सर के हो ?
हाम्रो शरीरमा हुने कोशिका (सेल्स) हरूको अनियन्त्रित वृद्धि हुनुलाई हामी क्यान्सर भन्छौं। मानिस जन्मदा सानो हुन्छ, कोशिकाहरूको वृद्धि हुँदै जाने क्रममा मानिस ठूलो हुँदै जान्छन्। तर कुनै कारणवश ती कोशिकाहरू वृद्धि हुँदै जाने क्रममा त्यसलाई नियन्त्रण गर्न नसक्नुलाई नै क्यान्सर भनिन्छ। त्यसैले क्यान्सर शरीरको जुनसुकै अंगमा पनि लाग्न सक्छ।

क्यान्सर हरेक उमेर समूहका व्यक्तिलाई लाग्छ या कुनै वर्ग समूहका व्यक्तिलाई मात्र लाग्छ ?
क्यान्सर यस्तो रोग हो जसमा उमेर, वर्ग, समूहको हदबन्दी छैन। नवजात शिशुदेखि लिएर १ सय वर्ष नाघेका जनसुकै जात, धर्म, देश, भेषभूषा, वर्ण, मोटो, दुब्लो, धनी, गरिब जो, जसलाई जुनसुकै समयमा लाग्छ। क्यान्सर नसर्ने रोग हो।

क्यान्सर निदानका लागि नेपालमा कस्ता–कस्ता प्रविध भित्रिए र नेपालमै पूर्णरूपमा उपचार हुन सम्भव छ कि छैन ?
सबैखालको क्यान्सरको उपचार अब नेपालमै सम्भव छ। बिरामीको चिकित्सकप्रति विश्वास हुनुपर्छ। कुनै पनि नेपालीले विदेसिनु पर्दैन। विश्व स्वास्थ्य संगठनले भनिसकेको छ कि क्यान्सर इज प्रिभेन्टिबल। लाइफ स्टायलमा परिवर्तन ल्यायो भने विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार ४५ देखि ५० प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ।

आमाको प्राण जानुअघि उहाँले मलाई तिमी क्यान्सरको डाक्टर बन है भन्दै वचन माग्नुभयो। मेरो मुखबाट हुन्छ भन्ने शब्द निस्कनासाथै उहाँको देहान्त भयो। आमाको चाहना र मेरो बच्चैदेखिको इच्छा पनि डाक्टर बन्ने नै थियो। आमाको अन्तिम वाक्यांशकै कारण म आफू डाक्टर मात्र होइन, क्यान्सरकै डाक्टर बन्ने निधो गरें।

क्यान्सरलाई निको नहुने रोग भनिन्छ, वास्तवमा के हो ?
होइन त्यो गलत धारणा हो। पहिला पहिला भनिन्थ्यो क्यान्सर ≈याज नो आइन्सर, अहिले हामी भन्छौं क्यान्सर ≈याज मल्टिपल आइन्सर। त्यस्तो होइन, क्यान्सर पनि उच्च रक्तचाप, मधुमेहजस्तै राम्रोसँग उपचार गरेको खण्डमा पूर्णतया निको हुन्छ भन्ने प्रशस्त उदाहरण छन्।

नेपालमा क्यान्सरको पूर्णरूपमा उपचार हुन्छ भन्ने जानकारी नभएकै कारण नेपालीहरू विदेशिने गरेका हुन् त ?
पहिला पहिला धेरैजसो क्यान्सरका बिरामी छिमेकी मुलुक भारत नै जान्थे। अहिले भारत मात्र नभई अन्य मुलुकमा पनि जान्छन्। तर पछिल्लो समय स्वदेशमै उपकरण र दक्ष चिकित्सकीय सेवा पाउन थालेपछि भने क्यान्सरका बिरामी विदेसिने क्रममा कमी आएको छ। बिरामी विदेसिनुपर्नाको धरै कारणमध्ये पहिलो नम्बरमा नेपाली चिकित्सकमाथि विश्वास नगरेर, दोस्रो अर्काको भनाइको पछि लागेर, तेस्रो नेपालमै उपचार गरेर निको भएकाहरूको पहिचान नभएर। मेरो घरमा ६० जनालाई क्यान्सर लागेको छ तर मैले १ जनालाई पनि विदेश पठाइनँ।

म पूर्णतया विश्वस्त छु कि भारतमा जुन उपचार हुन्छ नेपालमा पनि हुन्छ। यो विश्वास अरूमा पनि हुनु जरुरी छ। विश्वास नभई उपचार गर्न मिल्दैन। हो पहिला पहिला अत्याधुनिक उपकरण प्रशस्त मात्रामा नेपालमा भित्रिएको थिएन। अहिले विभिन्न खालको किमो थेरापी, शल्यक्रिया, रेडियसन थेरापी मेसिन नेपालमा आइसकेको छ। केही क्यान्सरको उपचारका लागि बाहेक अहिले भारत जानु जरुरत छैन।

तपाईंले घरका ६० जना बिरामीलाई कसरी व्यवस्थापन गर्नुभयो र गर्दै हुनुहुन्छ ?
सबै बिरामी एकैखालको समस्या भएका छैनन्। त्यसमा पनि कोही बितिसक्नुभयो, कोही हुनुहुन्छ। मेरो आमा ३६ वर्षअघि क्यान्सर लागेर नै बित्नुभयो। उहाँ बितेपछि म चिकित्सक बनेर यो फिल्डमा आएको हो। ८६ वर्षको बुबाले पनि क्यान्सर उपचार गराई निको भएर पनि सर्वोच्च अदालतमा कानुन व्यवसायिको रूपमा काम गर्दै हुनुहुन्छ। काका, काकी, फुपूहरू क्यान्सरकै कारण बितिसक्नुभयो। कुनै सदस्य ३० देखि ४० वर्ष अघिदेखि उपचार गरेर बाँचिराख्नुभएको छ। म आफैं क्यान्सर रोगको विशेषज्ञको नाताले मेरो घरमै क्यान्सरका यतिका बिरामी हुनुचाहिँ दुर्भाग्य हो। यसै कारणले बिरामीहरूको मर्म अरूभन्दा मैले अझ नजिकबाट बुझ्न सक्छु। म आफैं भुक्तभोगी हो। शुरूमा क्यान्सर लाग्दा बिरामी र बिरामीका आफन्त कसरी आत्तिन्छन्, आर्थिक, मनोवैज्ञानिक संकट कसरी आउँछ भन्ने राम्रै बुझेको छु। आत्तिनु हुँदैन समयमै उपचार गरे क्यान्सर निको हुन सक्छ। क्यान्सर शुरूको अवस्थामा पहिचान भए उपचार गर्दा छिटो निको हुन्छ।

आमाको मृत्युपछि किन चिकित्सक बन्नुभयो ?
आमाको प्राण जानुअघि उहाँले मलाई तिमी क्यान्सरको डाक्टर बन है भन्दै वचन माग्नुभयो। मेरो मुखबाट हुन्छ भन्ने शब्द निस्कनासाथै उहाँको देहान्त भयो। आमाको चाहना र मेरो बच्चैदेखिको इच्छा पनि डाक्टर बन्ने नै थियो। आमाको अन्तिम वाक्यांशकै कारण म आफू डाक्टर मात्र होइन, क्यान्सरकै डाक्टर बन्ने निधो गरें।

त्यतिबेला तपार्ईं कति वर्षको हुनुहुन्थ्यो ?
म १८ वर्षको थिएँ।

कुन तहमा अध्ययनरत हुनुहुन्थ्यो ?
आईएस्सी पनि पास भएको थिइनँ। आमालाई क्यान्सर रोग लागेका कारण मेरो पढाइ रोकिएको थियो। आमा बितेपछि फेरि आमालाई दिएको वचन पूरा गर्नकै लागि आईएस्सीलाई दोहो¥याएर मनभरी आमाको शोक, पीडा, दुःख, कष्ट र मेहनतलाई सँगसँगै लगेका कारण आज यहाँ पुगेको हुँ।

तपाईंको भोगाइ र अनुभवमा दक्ष जनशक्ति नेपालमा टिक्न नसक्नुको मुख्य कारण के देख्नुहुन्छ ?
यो सरकारको कमजोरी हो। कुनै पनि दक्ष चिकित्सक मात्र होइन, हरेक क्षेत्रका दक्ष जनशक्तिलाई नेपालमा टिकाउन सक्नुपर्छ। किन मान्छे विदेसिन्छ त ? भारत अमेरिकामा हेर्ने हो भने आफ्नै मुलुकका नागरिक महŒवपूर्ण पदको प्रमुख स्थानमा छन्। विदेसिएका फाटफुट नेपाली मुख्य स्थानमा पुगेका छन्। यदि नेपालले पनि आफ्नै देशका दक्ष जनशक्तिलाई मुख्य मुख्य स्थानमा पु¥याउने हेतुले काम दिएर कदर गर्ने हो भने कोही पनि देश छोडेर विदेश जाँदैन।

यतिबेला आर्थिक, पारिवारिक समस्याकै कारण दक्ष जनशक्ति लर्को लागेर त्रिभुवन बिमानस्थलबाट बाहिरिन बाध्य छन् र यो क्रम बढ्दो छ। यही अवस्था रहिरहने हो भने नेपालीले उच्च शिक्षाका लागि गरेको यत्रो ठूलो लगानी विदेश बनाउनकै लागि मात्र सीमित हुन बेर लाग्दैन। यो विषयलाई सरकारले गम्भीररूपमा लिनुपर्छ नत्र भोलिका दिनमा ठूलो संकट आउँछ र देशमा झाराटार्ने काम मात्र हुन्छ। यतिबेला युवा र बच्चाहरू पनि उच्च शिक्षाका नाममा होस् या रोजगारीका नाममा विदेसिने क्रम डरलाग्दो रोगका रूपमा बढिरहेको छ। देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र नेपालमै टिकाइराख्ने दायित्व सरकारको हो।

क्यान्सर वंशाणुगत हुन्छ कि हुँदैन ?
कुनै कुनै क्यान्सर वंशाणुगत हुन्छ। महिलामा लाग्ने स्तन क्यान्सर, डिम्बासयको क्यान्सर ५ देखि १० प्रतिशत वंशाणुगत हुन सक्छ तर बाबुआमामा क्यान्सर हुँदैमा बच्चाबच्चीमा हुन्छ
भन्ने छैन। कुनै–कुनै क्यान्सर रेडियसनका कारणले पनि हुन्छ। जीवनशैलीमा भरपर्छ। सबैखाले क्यान्सर वंशाणुगत हुँदैन।

क्यान्सरको उपचार गर्न नेपालमा धेरै महँगो छ ?
विदेशको दाँजोमा धेरै सस्तो छ। भारतमा हुने क्यान्सरको उपचार ४ देखि ५ गुना सस्तोमा नेपालमै हुन्छ। नेपालमै उपचार गराउँदाको अर्को राम्रो पक्ष भनेको आफ्नो इक्ष्याअनुसार परिवारको हेरचाहमा घरमै बसेर स्वस्थ खानपानका साथ उपचार गराउन पाउँदा त्यत्तिकै खर्च कम हुन्छ। विश्वास हुनुप¥यो नेपालमै गुणात्मक उपचार सम्भव छ।

क्यान्सर लाग्यो भने किन नेपालका बिरामी आफ्नै देशमा खुलेर बताउन सक्दैनन् ?
यो अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभयो। यहाँ कति सेलीब्रेटीहरू क्यान्सरका बिरामी छन्। चिकित्सक, वकिल, न्यायाधीश, कलाकार कति छन् कति ? निको भएका पनि थुप्रै हुनुहुन्छ तर उहाँहरू खुलेर भन्नुहुन्न मलाई क्यान्सर लागेको थियो उपचार गरेपछि निको भयो। उहाँहरूले मलाई पनि क्यान्सर भएको थियो निको भयो भन्दा नयाँ बिरामलाई आफूलाई पनि उपचार गरे निको हुन्छ भन्ने आत्मविश्वास बढ्ने थियो। बिरामीको आत्मबल बढाएर समयमै उपचारको पँहुचमा पु¥याउन क्यान्सर जितेकाहरूको अनुभव अचुक औषधि हुन्थ्यो। क्यान्सरलाई जितेर नयाँ जीवन पाउनुभएका व्यक्तिहरूको अनुभवले बिरामीमाझ सकारात्मक सन्देश जानुका साथै जनचेतनाको लहर बढ्ने पक्का छ।

अन्त्यमा क्यान्सरका बिरामी तथा आम जनमानसमा भन्नैपर्ने महŒवपूर्ण कुरा केही छ कि ?
मैले यतिबेलासम्म क्यान्सरका बिरामीलाई उपचारमात्र होइनm जनचेतनाका लागि २ सय भन्दा बढी कक्षा नै लिइसकें। क्यान्सर मानिसको शरीरमा कोशिका वृद्धि भई नियन्त्रण गर्न नसक्दाको अवस्था हो। त्यसैले मानिसको शरीरमा साना–साना गिर्खा बढ्दा, कोठीको रंग परिवर्तन भई बढ्दा हेलचेक्राइँ गर्नुहुन्न। क्यान्सर दुईखालले चिन्न सकिन्छ– एउटा बिस्तारै बढ्ने बेनाइन क्यान्सर हो भने अर्को भ्यालिङनाइन क्यान्सर (ट्यूमर) को रूपमा छिटो–छिटो बढ्ने र फैलने हुन्छ। दुवै ट्यूमर राम्रोसँग समयमै उपचार गरे शतप्रतिशत निको हुन्छ। मुखको क्यान्सर, आँखाको क्यान्सर, नाकको क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, छाती तथा फोक्सोको क्यान्सर, छालाको क्यान्सर, हड्डीको क्यान्सर, स्तन क्यान्सर, पाठेघरको क्यान्सर, घाँटीको क्यान्सर, कानको क्यान्सर, रक्त क्यान्सर मानिसमा लाग्न सक्छ। मानिसको कुनै पनि अंगमा क्यान्सर लाग्न सक्छ। क्यान्सर के हो भन्नेबारेमा डाक्टरले नै नबुझ्दा क्यान्सर लागेको आफ्नो नाबालक छोरीलाई छुनसमेत डराएका थिए। आज तिनै छोरी उपचारपछि निको भएर क्यान्सरकै डाक्टर बन्छु भन्दै छिन्।

क्यान्सर शून्यदेखि चौथो अवस्थासम्म पुग्छ। शून्य अवस्था भनेको सुरुआतको अवस्था हो। यतिबेला उपचार गरे पूर्णरूपमा निको हुन्छ भने चौथो अवस्था भनेको निकै नाजुक भइसकेको अवस्था हो। नेपालमा ७५ प्रतिशत क्यान्सरका बिरामी चौथो अवस्थामा मात्र चिकित्सककोमा पुग्छन्। रातो मासु, पोलेको मासु, रक्सी, धूमपान, सुपारीको प्रयोग नै क्यान्सरको प्रमुख कारण हुन् भन्ने नबुझ्नेको संख्या बढी छ। मांशाहारीमा भन्दा शाकाहारीमा क्यान्सर कम लाग्छ। कोठीको रंग परिवर्तन भयो, आकार बढ्दै गयो भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ। दिशा पिसाबमा रगत मिसिएर आउनु, पिसाब फेर्दा अडेस लाग्न पर्नु, पिसाब रोक्नै नसक्नु, बारम्बार पिसाब लागेको लागेकै गर्नु क्यान्सरको संकेत हुन सक्छ। गुणस्तरीय क्यान्सर उपचार नेपालमै हुन्छ भन्ने कुरा अमेरिकाको टेक्सास राज्यमा उपचार हुन नसकेर नेपाल फर्किएकी एक १६ वर्षीय युवतीको स्तन कुहिसकेको अवस्थामा नेपालमै सफल उपचार गरी उनले नयाँ जीवन पाइन्। क्यान्सर उपचारमा त्रिखुटी विधि किमो थेरापी, रेडियो थेरापी र सर्जरी हुन्छ यति पूरा गरेपछि मात्र उपचार पक्का हुन्छ। प्रविधिले १० वर्ष पछि हुने क्यान्सरको पनि अहिले नै परीक्षण गर्न सकिने बनाएको छ। समयमै उपचार गरौं, क्यान्सरबाट मुक्त होऔं।

 

प्रतिक्रिया दिनुहोस्