फिलिपिनी शिक्षिकाको बिद्यार्थीलाई अनौठो उपहार



मनिला,(एजेन्सी)
फिलिपिन्सका अ्रग्रेजी विषय शिक्षिका राजलिन बार्कोमाले इसाइहरुको महान चाड क्रिशमसको विदा मनाएर फर्केका आफ्ना बिद्यार्थीहरुलाई गजबको उपहार दिएर अन्तर्राष्ट्रिय जगतमै निकै चर्चामा आएकी छिन् । कक्षा नौका बिद्यार्थीहरु संधै झै सामान्य मनस्थिति बोकेर आफ्ना कक्षा कोठामा प्रवेश गर्दा प्रत्येकको डेस्कमा आ–आफ्नो हातले कोरिएका तस्वीर देखेर चकित भएक थिए ।

यसरी आफ्ना प्यार छाज्ञछात्रालाई अनौठो उपहार दिने उद्देश्यले डिसेम्वर महिनाभरि बार्कोमाले तिनीहरुलाई पत्तै नदिइृ गोप्य तरिकाले तिनीहरुको तस्वीर कोरेको बुझिएको छ । बोर्कोमाले विविसिलाई बताएकीछिन् , ‘ सबैको डेस्कमा तस्वीर देख्नासाथ छक्क परेका तिनीहरुले एकछिन त केहि बोल्नै सकेनन् । त्यसपछि बल्ल मलाई तिनीहरुले एकै श्वरमा धन्यवाद दिए । ’

पैतिस वर्षिया उनले फिलिपिन्सको होली रेडिमर स्कुल अफ कावुयाओमा कक्षा छ र नौमा अंग्रेजी अध्यापन गर्दै आएकीछिन् । बार्कोमा भन्छिन् , ‘ चित्रकारिता मेरो बाल्यकाल देखिकै शौख हो । सानो छँदा मेरो कमिक्सको चित्र कोर्ने व्यक्ति बन्ने सपना थियो ।

त्यो काम गर्दा आफुलाई धेरै मानिसले प्रशंसा गर्ने मेरो सोचाई थियो । ’ तर अहिले कमिकको चित्रकार नभई शिक्षिका बनेपनि उनको सिर्जनात्मक उपहारको कारण अहिले उनको असंख्य व्यक्तिबाट प्रंशंसा भइरहेको छ । सोमवार मात्र उनले आफुले कोरेका ति तस्वीरहरु खिचेर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी थिइन् ।

फिलिपिन्सको न्युज वेवसाइट ¥यापलरले उक्त तस्वीरमाथि कथा बनाएर पोस्ट गरेपछि त्यसलाई १० हजार भन्दा बढि पटक सेयर गरिइ सकेको छ । उनले आफ्ना बिद्यार्थीहरु ति तस्वीर देखेर खुशी भएको देखदा आफुलाई निक ैआनन्द लागेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्