झापाले जित्यो फाल्गुनन्द गोल्ड कप



गणेश साम्पाङ, पाँचथर
पाँचथरको फिदिममा सम्पन्न १०औं फाल्गुनन्द गोल्ड कपको उपाधि झापा ११ ले चुम्न सफल भएको छ ।

सोमबार भएको फाइनल खेलमा बिभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि चुम्न सफल भयो । खेलको २४औं मिनेटमा आशिष चापागाईको थ्रो बललाई हेड मार्फत पुजन उभरकोटीले जाली चुमाउँदै टिमलाई अग्रता दिलाएका थिए । एक शुन्यले पछि परेको आर्मीलाई राजीव गुरुङले ७२ औं मिनेटमा गोल गर्दै बराबरीको अबस्थामा पुर्याए ।

मध्यान्तर अघि झापाको दवाबमा परेको आर्मीले मध्यान्तर पछि भने झापालाई दवाबमा राखेको थियो । दवाबमा परे पनि झापाले ८३ औं मिनेटमा दिलेन लोक्तामको कर्नर प्रहारबाट आएको बललाई राजकुमार कन्दङवाले गोल गरेर खेलको नतिजा आफनोतिर तेर्साएको थियो ।

बिजेता झापाले नगद ४ लाख ट्रफी प्राप्त ग¥यो भने उपबिजेता आर्मीले २ लाख मै चित्त बुझाउनु परेको थियो ।

प्रतियोगिताअन्तर्गत ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट गोलकिपर झापाका मनोज प्रधान, डिफेन्स आर्मीका युद्ध शाही, मिडफिल्ड झापाका पुजन उभरकोटी, फरवार्ड झापाका दिलेन लोक्ताम, प्रशिक्षक झापाका प्रबेश कटुवाल, म्यान अफ द म्याच आर्मीका राजीव गुरुङ, राइजिङ प्लेयर फिदिम स्पोटिङ क्लबका प्रबिण जबेगु, उच्च गोल कर्ता झापाका कर्ण लिम्बुले नगद १०/१० हजार प्राप्त गरेका थिए । प्रतियोगिताको सर्बोकृष्ट खेलाडी झापाका देबेन्द्र तामाङले यामाहा मोटर साइकल प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्