सम्पदा पुनःनिर्माणको सरकारको भूमिका प्रभावकारी हुनुपर्ने



विदेशी सहयोगमा पुनःनिर्माण भइरहेको सम्पदा बाहेक अन्य सम्पदाहरुको पुनःनिर्माणले तीब्रता पाउन सकेको छैन ।भक्तपुर नगरपालिकाको कार्यलाई अपवाद मान्ने हो भने संघीय सरकार र स्थानीय तह स्वयंले अग्रसरता लिएर निर्माण भइरहेको सम्पदा नगन्य रहेको छ । प्रदेश चलायमान हुने अवस्थामै रहेको हु“दा अहिले नै त्यस्तो भूमिका निर्वाह गर्नु यथार्थपरक नहोला ।यद्यपि प्रदेशले पनि आफनो अधिकार क्षेत्रको दायराभित्र यसतर्फ चासो देखाउनु आवश्यक छ ।

सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक धरोहरहरू पुनःनिर्माणमा सरकारको चासो नदेखिएको सरोकारवालाको ध्यानाकर्षण गर्दै आएका छन् । उपत्यकाकै सुन्दरता र सांस्कृतिक महत्व सम्पदाहरूको पुनःनिर्माण सम्बन्धि ढिलाई भइरहेको छ ।देशभर सम्पदाहरु भग्नावशेषमा परिणत भएको तीन वर्ष बितिसकेको छ ।तर अहिलेसम्म अधिकाशं सम्पदाहरु जस्ताको त्यस्तै रहेको छ ।

विश्व सम्पदा सूचीकृत सम्पदाहरुमा भक्तपुर दरबार क्षेत्रमा भक्तपुर नगरपालिका आफैंले नेतृत्व लिएर पुनःनिर्माण गरिरहेको छ । ललितपुरमा विभिन्न देशहरुको सहयोगमा काठमाडौं उपत्यका संरक्षण कोषले पुनःनिर्माण कार्य अघि बढाइरहेको छ । पुरातात्विक महत्वको सम्पदाको पुनःनिर्माण गर्न सजिलो नभएको भन्दै ढिलाई भएको सम्बद्ध निकायले स्वीकार गरेका छन् । सरकारी निकायहरुबीच पनि समन्वयको अभाव रहेको छ । पुरातात्विक संरचनाको ऐतिहासिक, पौराणिक महत्वको अध्ययन गरेर प्रमाणिकरण गर्नुपर्छ, त्यसका लागि पुरानै प्रविधि र दक्ष जनशक्तिको आवश्यक पर्छ । अहिले काठको अभाव, दक्ष जनशक्तिको अभावले गर्दा सम्पदा निर्माणमा ढिलाई भइरहेको हो ।

यस अवस्थामा तीन वटै सरकार मिलेर सम्पदा पुनःनिर्माणमा देखिएका समस्या र कठिनाईहरु समाधान गर्न मिलेर अघि बढ्नुपर्ने खा“चो छ ।यस वर्षको २१ औं भूकम्प सुरक्षा दिवसले पनि संघ, प्रदेश र स्थानीय तह मिलेर अघि बढ्नुपर्ने सन्देशमूलक नारा तय गरिएको छ । धार्मिक, ऐतिहासिक तथा पुरात्तात्विक सम्पदा पुनःनिर्माणको सुस्तता सरकार, प्रदेश र स्थानीय तहले टुलुटुलु हेरेर मात्र बस्नु हु“दैन। नेपालको पहिचान र पर्यटकीय गन्तव्यसंग जोडिएको ऐतिहासिक तथा पुरात्तात्विक सम्पदा पुनःनिर्माणको गति बढाउनेतर्फ राज्यले सक्रियता देखाउनुपर्दछ ।

स्थानीय समुदायले सम्पदा निर्माण गर्न चाहेमा आवश्यक सहजीकरण गर्ने, हौसला प्रदान गर्ने कार्य पनि स्थानीय तहले अघि बढाउनुपर्दछ । काष्ठमण्डप पुनःनिर्माण समुदायले गर्न लागेको एउटा उदाहरणको रुपमा लिन सकिन्छ । त्यसैले ललितपुरमा भिमसेन मन्दिर स्थानीय समुदायकै अगुवाईमा पुनःनिर्माण गर्ने तयारी भइरहेको छ ।यस्ता कार्यमा स्थानीय तहले वचनले मात्र नभई हरहिसाबमा सहयोग गरेमा स्थानीयहरु हौसिने छ । सम्पदा पुनःनिर्माणमा सबै सहकार्य गरेर अघि बढ्नुपर्ने खा“चो छ ।

प्रतिक्रिया दिनुहोस्