महिला टी–ट्वान्टी क्रिकेट: यूएईले दियो नेपाललाई १०६ रनको लक्ष्य



नेपाल समाचारत्र, काठमाडौं ।
थाइल्याण्डमा भइरहेको थाइल्याण्ड महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको आजको नेपालले १०६ रनको लक्ष्य पाएको छ । बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनायो।

उसका लागि ईशा ओजाले २८, छाया मुगहालले ३१ चमानी सेनेभिराथानेले २३ रन बनाइन्। नेपालका लागि सिता राना मगर, सोनु खड्का र करूणा भण्डारीले १-१ विकेट लिए।

अघिल्ला दुई खेल जितेका दुबै टोलीले समान ४-४ अंक जोडेका छन् ।
नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो भने आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
आजको खेलमा जित निकाल्ने टोली सेमिफाइनलमा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्