पुलिस सेमिफाइनलमा प्रवेश



नेपाल समाचारपत्र, काठमाडौं
जारी सिजनको शहीद स्मारक ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार धनगढी रंगशालामा भएको क्वाटरफाइनलमा निरकुमार राईको एकमात्र गोलको मद्दतमा पुलिसले मनांगमाथि १–० को जित दर्ता गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको ६८औं मिनेटमा तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई निरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहारमा निर्णायक गोल गरेका थिए ।

निर्णायक गोल गरेका निरकुमारले खेलको म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ समेत प्राप्त गरे । पुलिसले अब सेमिफाइनलमा सीएमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीको विजेतासँग खेल्नेछ । सोमबार तेस्रो क्वाटरफाइनलमा भ्याली च्यासल युवा क्लब र रुस्लान थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्