यस्ता छन् रातो फलफूल र तरकारी खानुका फाइदा



हामीले सबैले सुनेकै छौं, सागसव्जीमा पौष्टिक तत्व हुन्छ । यसले स्वस्थ बन्नलाई मद्दत गर्दछ । त्यतीमात्र नभई हामीले दैनिक सेवन गर्ने खानामा रातो फलफूल र तरकारी मिसाउनु निकै नै लावदायक मानिन्छ । रातो रंगको फल तथा सव्जीमा धेरै मात्रामा एण्टिअक्सिडेन्ट पाइन्छ ।

स्वास्थ्य विज्ञहरुका अनुसार हामीले खानामा रंगिन सव्जी तथा फलफूल समावेश गर्नुपर्छ । जसले स्वस्थ जीवनको लागि पोषक तत्व पनि छुट्टाछुट्टै खानाबाट प्राप्त हुन्छ ।
रातो रंगको फलफूल तथा तरकारीमा धेरै मात्रामा एन्टिअक्सिडन्ट हुन्छ । जसमा लाइकोपिन, एन्थोक्यानिन्स हुन्छ । जसले दिमागको विरामी तथा प्रोस्टेट क्यान्सरको खतरामा कमी ल्याउने काम गर्दछ । रातो रंगको फलफूल र तरकारीको प्रयोगले डाइबिटिज, हाइ कोलेस्टोरको जस्ता रोगबाट छुटकरा पाउन सकिन्छ । फलफूल र तरकारीको रंग जति गाडा हुन्छ त्यति नै बढि मिनरल्स, भिटामिन, तथा एन्टिअक्सिडेन्टको मात्रा बढि हुन्छ ।

चुकुन्दर सबैभन्दा धेरै फाइदाजनक हुन्छ

एक शोधका अनुसार सब्जीमा सबै भन्दा धेरै एन्टिअक्सिडेन्ट चुकन्दरमा पाइन्छ । यसमा पोटासियम फाएबर, भिटामिन सी, नाइट्रेटको महत्वपूर्ण स्रोत हो । चुकुन्दरको जुसको सेवनबाट, ब्लड प्रेसर, ब्लड फ्लोमा इम्युनिटीको लागि फाइदाजनक हुन्छ । यसमा भिटामिन ए, भिटामिनसी, भिटामिन के प्रशस्त मात्रामा पाइन्छ ।

टमाटरबाट लाइकोपिन पाइन्छ

दैनिक प्रयोगमा धेरै मात्रामा प्राय हामी सबैले टमाटरको प्रयोग गरेका छौ । टमाटरमा लाइकोपीन, भिटामिन सीर पोटासियम प्रसस्त मात्रामा पाइन्छ । टमाटरमा लगभग ८५ प्रतिशत लाइकोपिन पाइन्छ । यसको प्रयोगले प्रोस्टेट क्यान्सर , एसोफेगस क्यान्सर, र कोलन क्यान्सरमा फाइदा मिल्छ । टमाटरको सव्जी, सुप, चटनी आदिसँग मिलाएर प्रयोग गर्न सकिन्छ ।

रातो गाँजरमा धेरै भिटामिन पाइन्छ

गाजरमा ,पोटासियम, जिकं, फस्फोरस, लाब्इकोपिन, कपर , आइरन, क्याल्सियम, भिटामिन ए , भिटामिन बी, भिटामिन सी, भिटामिन इ लगायतका तत्वहरु पाइन्छ । यसमा भिटामिन ए धेरै मात्रामा पाइन्छ । यसकारण पनि यो आँखाकोलागि फाइदाजनक मानिन्छ । साथै यसमा डाइट्री फाइभर पनि हुने हुदाँ यसले पेटको सफाइको पनि का मगर्दछ र यो सम्पुर्ण स्वाीथको लागि नै स्वस्थ वर्दक मानिन्छ ।

अनारमा एनर्जी हुन्छ

अनारलाई गुणको खानीको रुपमा लिइन्छ । एक कप अनारको दानाबाट, ७ ग्राम फाइबर, ३ ग्राम प्रोटीन, दैनिक आवश्यकताको ३० प्रतिशत भिटामिन सी, ३६ प्रतिशत भिटामिन के, १६ प्रतिशत चिल्लो पदार्थ, १२ प्रतिशत पोटासियम पाइन्छ ।

प्याजले इम्युनिटी दुरुस्त गर्छ

प्याजको प्रयोग लगभग हरेक घरमा प्रयोग हुन्छ । प्याज स्वास्थको लागि धेरै फाइदाजनक हुन्छ । आर्गेनोसल्फर पाइन्छ । जसले इम्युन सिस्टमलाई दुरुस्त गर्दछ । कोलेस्टोलको लेभल घटाउछ र लिभरको लागि फाइदाजनक हुन्छ । यसको अलवाभाइरस र ब्याक्टेरियाबाट हुने बिरामी पनि बचाउँछ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्