आर्मी फाइनलमा प्रबेश



पाँचथर, (नेस)
बिभागिय टोली त्रिभुवन आर्मी क्लब फिदिममा जारी १०औं रुस्लान फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रबेश गरेको छ ।

शनिबार भएको सेमीफाइनलमा रोयल फुटबल क्लब दार्जिलिङलाई २–१ ले स्तब्ध तुल्याएर आर्मीले झापासँग सोमबार हुने फाइनलमा भेट पक्का बनाएको हो । निकै प्रतिष्पधात्मक बनेको खेलको १६ औं मिनेटमा दार्जिलिङका गोलकिपर अमित खवास अगाडी बढेको मौकामा आर्मीका राजेश पौड्यालले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेको दार्जिलिङका सिद्धान्त क्षेत्रीले २१ औं मिनेटमा गोल गरेर टिमलाइ बराबरीमा पु¥याए । डि बक्स छेउमा आएको बललाई क्षेत्रीले आर्मीका गोलकिपर बिश्वास चौधरीलाई छक्याएर जाली चुमाएका थिए ।

मध्यान्तर पछि दुवै टिमले केही शुन्दर मौकाहरु पाए पनि गोल गर्नबाट दुवै टिम चुकी रहेका थिए । ६० औं मिनेटमा आर्मीका एरिक बिष्टले गरेको प्रहारलाई दार्जिलिङका डिफेन्स प्रतिक लामाले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै ७३ औं मिनेटमा दार्जिलिङका बिश्वास रानाले पाएको शुन्दर मौका पनि खेर गयो ।

खेल सकिन ४ मिनेट बाकी हुदाँ दार्जिलिङको डि बक्स नजिकबाट आर्मीका एरिक बिष्टले ड्रप बललाई सिधै गोल पोष्टमा प्राहार गरेका थिए । विजयी गोल गरेका एरिक म्यान अफ द म्याच घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्