एपीएफले चुम्यो उपाधि



नेपाल समाचारपत्र, काठमाडौं
होङ वान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बिभागिय टोली एपीएफले जितेको छ ।

शनिवार भएको फाईनल खेलमा एपीएफले गत संस्करणको विजेता न्युडायमण्डलाई ३–१ को सेटमा हराउदै उपाधि चुमेको हो । च्याम्पियन टोलीले ३ लाख १ हजार प्राप्त ग¥यो भने उपविजेताले २ लाख १ हजार हासिल ग¥यो । पुलिसले टप्सलाई २५–११,२५–२१ र २५–१४ को सोझो सेटमा हराएर तेस्रो पुरस्कार १ लाख १ हजार हात पा¥यो । त्यस्तै टप्सले ५१ हजार हासिल गरेको थियो ।

एपीएफले पहिलो सेट १६–२५ ले गुमाए पनि खेलमा फर्कदै लगातार तीन सेट २५–२१,२५–२३ र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। फाईनलमा न्युडायमण्डकी प्रतिभा मालीले स्पाईकमा ३६, ब्लकमा ३ र सर्भरबाट ३ अंक जोडेपनि टोलीलाई उपाधि दिलाउन सकिनन् । त्यस्तै एपीएफकी सरस्वती चौधरीले स्पाईकमा २८, ब्लकमा १ र सर्भरबाट २ अंक जोडेकी थिईन् ।

एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १५ हजार नगद प्राप्त गरिन् । तर प्रतियोगिताको विधागततर्फको पुरस्कारमा न्यु डायमण्डको बर्चस्व रह्यो । टोलीका प्रतिभा माली उत्कृष्ट स्पाईक, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, ललितानाथ उत्कृष्ट क्विकर, अनिषा सुनुवार उत्कृष्ट सेटर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भए ।

अन्य विधाको उपाधि एपीएफको पोल्टामा आयो । टोलीका उषा विष्ट उत्कृष्ट ब्लगर र उत्कृष्ट प्रशिक्षक ज्ञानेन्द्र विष्ट घोषित भएका थिए । विधागततर्फको उत्कृष्टले जनही ५÷५ हजार नगद प्राप्त गरे । बिद्यागततर्फको नगद पुरस्कार सेन्चुरी कमर्सियल बैंकले प्रायोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्